LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

बुटवल उपमहानगरपालिका १२ तामनगरमा रहेको रम्भादेबी माध्यमिक विद्यालयले तीज पर्वको अवसरमा तीज बिशेष कार्यक्रम बुधवार सम्पन्न गरेको छ ।
विद्यालयका प्रधानाध्यापक केशब श्रीसको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका युवा खेलकुद तथा अतिरिक्त शाखा प्रमुख कोपिला ज्ञवाली, सामुदायिक सिकाई केन्द्र बुटवल १२ तामनगरकी अध्यक्ष दुर्गादेबी पुन, रम्भादेबी माध्यमिक विद्यालय व्यवस्थापन समितिकी सदस्य देवी न्यौपाने, विद्यालयका अभिभावक सरु पौडेल, राजपुर खानेपानी संस्था बुटवल १२ का अध्यक्ष जीतबहादुर राहादी, अभिभावक रबि अर्याल, वडा नं. १२ कि वडा सदस्य गंगा विकले बोल्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रधानाध्यापक केशब श्रीसले विद्यालयले पढाईमा मात्रै नभएर अतिरिक्त कृयाकलापमा विद्याथीको अब्बल क्षमताको खोजी गरिरहेको र त्यसलाई प्रत्येक बर्ष यस्तै कार्यक्रम प्रतिभा प्रस्फुटन गर्न सहयोग गरेको बताउनुभयो ।

तीज विशेष कार्यक्रममा कक्षा १ देखि १० सम्म भाग लिएका बिजयी प्रतियोगीहरुलाई प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो ।
प्रतियोगितामा कक्षा ३ सम्ममा कक्षा २ प्रथम, कक्षा ३ द्वितीय र कक्षा १ तृतीय भएका थिए । कक्षा ४ देखि कक्षा १० सम्ममा कक्षा १० प्रथम भएको थियो भने दोश्रो कक्षा ७ भएको थियो भने तेश्रो कक्षा ९ भएको थियो । साथै राष्ट्रिय स्तरका कलाकार शिलु भट्टराईले सांगीतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन शिक्षिक पुष्पा क्षेत्रीले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन सह प्रधानाध्यापक कमल खनालले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय