LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बुटवल उपमहानगरपालिका १२ तामनगरमा रहेको रम्भादेबी माध्यमिक विद्यालयले तीज पर्वको अवसरमा तीज बिशेष कार्यक्रम बुधवार सम्पन्न गरेको छ ।
विद्यालयका प्रधानाध्यापक केशब श्रीसको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका युवा खेलकुद तथा अतिरिक्त शाखा प्रमुख कोपिला ज्ञवाली, सामुदायिक सिकाई केन्द्र बुटवल १२ तामनगरकी अध्यक्ष दुर्गादेबी पुन, रम्भादेबी माध्यमिक विद्यालय व्यवस्थापन समितिकी सदस्य देवी न्यौपाने, विद्यालयका अभिभावक सरु पौडेल, राजपुर खानेपानी संस्था बुटवल १२ का अध्यक्ष जीतबहादुर राहादी, अभिभावक रबि अर्याल, वडा नं. १२ कि वडा सदस्य गंगा विकले बोल्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रधानाध्यापक केशब श्रीसले विद्यालयले पढाईमा मात्रै नभएर अतिरिक्त कृयाकलापमा विद्याथीको अब्बल क्षमताको खोजी गरिरहेको र त्यसलाई प्रत्येक बर्ष यस्तै कार्यक्रम प्रतिभा प्रस्फुटन गर्न सहयोग गरेको बताउनुभयो ।

तीज विशेष कार्यक्रममा कक्षा १ देखि १० सम्म भाग लिएका बिजयी प्रतियोगीहरुलाई प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो ।
प्रतियोगितामा कक्षा ३ सम्ममा कक्षा २ प्रथम, कक्षा ३ द्वितीय र कक्षा १ तृतीय भएका थिए । कक्षा ४ देखि कक्षा १० सम्ममा कक्षा १० प्रथम भएको थियो भने दोश्रो कक्षा ७ भएको थियो भने तेश्रो कक्षा ९ भएको थियो । साथै राष्ट्रिय स्तरका कलाकार शिलु भट्टराईले सांगीतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन शिक्षिक पुष्पा क्षेत्रीले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन सह प्रधानाध्यापक कमल खनालले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय