LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैनामा रहेर कुखुरा पालन ब्यवसाय गदै आएका किसानहरुलाई प्राबिधिक ज्ञान दिने उद्येश्यले सैनामैना वडा नंं ११ मा १ दिने अभिमुखिकरण कार्यक्रम साझा टेलिभिजनको सभाहलमा सम्पन्न भएको छ ।

परम्परागत रुपमा कुखुरा पालन गर्दै आएका किसानहरुको कुखुरा पालनमा ज्ञान अभिबृद्धि गर्ने उद्येश्यले कार्यक्रम आयोजना गरिएको आयोजक न्यू होप एग्रो बिजनेश नेपाल प्रा.लि.को आधिकारिक बिक्रेता तथा पाणिनी पोल्टी सप्लार्यस सैनामैना १० का सञ्चालक मुक्तिराम घिमिरेले बताउनु भयो ।

यस किसिमका कार्यक्रमले किसानहरुलाई पोत्साहन मिल्ने भन्दै स्थानिय सरकारले पनि किसानहरुले प्रत्यक्ष लाभ लिने खालका तालिम सञ्चालन गर्नुपर्ने कार्यक्रममा सहभागि कुखुरा पालक किसानहरुको भनाई रहेको छ ।

न्यू होप एग्रो बिजनेश नेपाल प्रा.लि.को प्राबिधिक सहयोगमा सञ्चालन भएको कार्यक्रममा चल्ला ब्यवस्थापन, जैविक सुरक्षा, दाना खपत अनुसारको बृद्धि बिकास लगायतमा डा. केशव लम्साल र डा. शौरभ कंडेलले प्रशिक्षण दिनुभएको थियो ।
पाणिनी पोल्टी सप्लार्यस सैनामैना १० का सञ्चालक चुरामणि भुषालको सञ्चालनमा भएको कार्यक्रममा सैनामैनाका ४० जना किसानहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय