LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

सैनामैनामा रहेर कुखुरा पालन ब्यवसाय गदै आएका किसानहरुलाई प्राबिधिक ज्ञान दिने उद्येश्यले सैनामैना वडा नंं ११ मा १ दिने अभिमुखिकरण कार्यक्रम साझा टेलिभिजनको सभाहलमा सम्पन्न भएको छ ।

परम्परागत रुपमा कुखुरा पालन गर्दै आएका किसानहरुको कुखुरा पालनमा ज्ञान अभिबृद्धि गर्ने उद्येश्यले कार्यक्रम आयोजना गरिएको आयोजक न्यू होप एग्रो बिजनेश नेपाल प्रा.लि.को आधिकारिक बिक्रेता तथा पाणिनी पोल्टी सप्लार्यस सैनामैना १० का सञ्चालक मुक्तिराम घिमिरेले बताउनु भयो ।

यस किसिमका कार्यक्रमले किसानहरुलाई पोत्साहन मिल्ने भन्दै स्थानिय सरकारले पनि किसानहरुले प्रत्यक्ष लाभ लिने खालका तालिम सञ्चालन गर्नुपर्ने कार्यक्रममा सहभागि कुखुरा पालक किसानहरुको भनाई रहेको छ ।

न्यू होप एग्रो बिजनेश नेपाल प्रा.लि.को प्राबिधिक सहयोगमा सञ्चालन भएको कार्यक्रममा चल्ला ब्यवस्थापन, जैविक सुरक्षा, दाना खपत अनुसारको बृद्धि बिकास लगायतमा डा. केशव लम्साल र डा. शौरभ कंडेलले प्रशिक्षण दिनुभएको थियो ।
पाणिनी पोल्टी सप्लार्यस सैनामैना १० का सञ्चालक चुरामणि भुषालको सञ्चालनमा भएको कार्यक्रममा सैनामैनाका ४० जना किसानहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय