LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

नेपाल सामुदायिक योग तथा प्राकृति चिकित्सा केन्द्र चारपाला द्वारा संचालित पद्मपाणी योग तथा प्राकृतिक चिकित्सा केन्द्रको १३ औ साधारण सभा तथा ५ औ आधिबेशन सनिवार सम्पन भएको छ ।
प्राकृति चिकित्सा केन्द्रको प्रांगणमा भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्ती खेम बहादुर सारुले यो चिकित्सा केन्द्र लुम्बिनी प्रदेश को एकमात्र भएकोले यसको संरक्षण गर्नु प्रदेस सरकारको दाहित्व भएको बताउदै अबका दिनमा तिनै तहको सरकार संग सहकार्य गरि यस्लाइ अगाडि बढाउन आफुले पहल गर्ने प्रतिबद्धता जनाउनु भयो

सैनानामैना नगर पालिकाका प्रमुख फणेन्द्र प्रसाद सर्माले प्राकृति चिकित्सा केन्द्रलाई धेरै कोसिस गर्दा पनि चलायमान गराउन नसकेको प्रती चिन्ता ब्यक्त गर्दै सस्थालाइ चलायमान गराउन छिमेकी पालिका पनि तयार रहेको बताउदै अबका दिनमा सबै मिलेर सस्थालाइ प्रभाकारी बनाउन लागि पर्नेे बताउनु भयो ।

कार्यक्रममा बोल्दैै बुटवल उपमहानगर पालिकाका नगर प्रमुख खेलराज पाण्डेले यो सस्था सैनामैना नगरपालिकाको मात्र नभै बुटवल उपमहानगर पालिका को पनि अभिन्न अंग भएकोले यस्लाइ चलायमान बनाउन बजेट बिनियोजन गरेको बताउनु भयो
कार्यक्रममा बोल्दै सुद्धोधन गाउँ पालिकाका अध्यक्ष बिस्नु प्रसाद बस्यालले यो सस्थामा आफू उपचार गराएको बताउदै यस्को प्रभावकारीताको बारेमा कार्यपालिका बैठकमा छलफल गरि सहयोग गर्ने प्रतिबदता ब्यक्त गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष कमल राज घिमिरे को अध्यक्षता , सचिब तुल्सि कुमार भुसाल बो सञ्चालनमा सम्पन्न कार्यक्रममा सैनामैना नगरपालिकाकी उप प्रमुख बिना राना, सैनामैनाका प्रथम नगरप्रमुख चित्र बहादुर कार्की सैनामैना वडा नं १ का वडा अध्यक्ष भुवन बहादुर छेत्री वडा नं २ का अध्यक्ष तमबहादुर पुर्जा, रन्यौरा प्रहरी कार्यलयका प्रमुख विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु लगायतले बोल्दै सैनामैनामा रहेको नेपाल योग तथा प्राकृतिक चिकित्सालयलाई सबैले आ–आफ्नो ठाँउबाट सहयोग गर्ने बतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

संस्थाका उपाध्यक्ष टोपलाल भट्टराईको स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सस्थाका डाइरेक्टर गोबिन्द प्रसाद शर्माले प्राकृति चिकित्सा केन्द्रको बारेमा प्रकाश पार्नु भएको थियो भने कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बार्शिक प्रतिबेदन तथा आगामी योजनाको बारेमा सस्थाका अध्यक्ष कमल राज घिमिरेले प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिबेदन कोषाध्यक्ष कुलमनी घिमिरेले गर्नु भएको थियोसैनामैनामा वडा नं. १ मा रहेको नेपाल योग तथा प्राकृतिक चिकित्सा केन्द्रमा एक हजार ५४ जना आजिबन सदस्य रहनु भएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय