LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

सुजन न्यौपाने,

अर्घाखाँची

सालझन्डी सन्धिखर्क ढोरपाटन सडकको भण्डारमा १२ दिनका लागी यातायात आवागमन बन्द हुने भएको छ ।

अविरल वर्षाका कारण सडक भासिएकाले बन्द नै गरेर मर्मत गर्नुपर्ने सडक आयोजनाले जनाएको छ । माटे–भण्डार सडकखण्डको मालारानी–५ मा पर्ने भण्डारको बेतानेमा सडक भासिएपछी मर्मत गर्न लागिएको हो ।

यही असौज १ गतेदेखी ११ गतेसम्म सडक आवागमन बन्द हुने भएकाले वैकल्पिक सडकको प्रयोग गर्न आयोजनाले आग्रह गरेको छ । जिल्ला समन्व समिति प्रमुख जिवनारायण कोईरालाको नेतृत्वमा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराई, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, सुरक्षा निकायका प्रमुखहरु, मालारानी–५ का वडा अध्यक्ष तिलक मिश्र, आयोजनाका ईन्जिनियर दिक्षा बस्याल, देउराली यातायातका उपाध्यक्ष अशोक भुसाल, नेपाल पत्रकार महासंघका सदस्य लक्ष्मण घिमिरे लगायतको टोलीले स्थलगत अनुगमन पश्चात बाटो बन्द गरेर मर्मत गर्नुपर्ने निश्कर्ष निकालेको हो ।

चाडपर्वमा कुनै अप्रिय घटना नघटोस् भनेर सडक मर्मतको काम थालिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनु भयो । चाडपर्वमा सवारीको चाप हुने भएकाले त्यसलाई मध्यनजर गरेर कामको थालनी गरिएको उहाँको भनाई छ ।

सकभर काम छिटो सकिनेगरी योजना बनाईएको सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाकी सुचना अधिकारी दिक्षा बस्यालले बताउनु भयो । १२ दिनमा काम सकाउने लक्ष्य भएको र मौसमले साथ दिएसम्म तोकिएको समयमा काम सम्पन्न हुने उहाँको भनाई छ ।

बैठकमा प्रशासनका प्रशासकिय अधिकृत नुमलाल पन्थी, ढोरपाटन सडक आयोजनाका लेखा अधिकृत योगेश पन्थी लगायतको उपस्थिती थियो

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय