सामुदायिक सुरक्षा जालो तथा महिलाबादी आन्दोलन सुदृढीकरण अन्तरगत दोस्रो चरण को सार्वजनिक सुनुवाइ कार्यक्रम सैनामैनामा मुर्गिमा रहेको ग्लोबल पाटी प्यालेसमा सोमबार सम्पन्न भएको छ अपाङ्गता महिला संघको आयोजना र टेवा को आर्थिक सहयोग मा सैनामैना नगरस्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो
उक्त कार्यक्रममा जवाफदेहिताको रुपमा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख तथा कार्यक्रम का प्रमुख अथिती फणीन्द्र प्रसाद सर्माले नगरपालिका यस्ता कार्यक्रममा सकारात्मक रहेको र नगरपालिकाले अपांगता भएका ब्यतिहरुलाइ नगरपालिका बाट हुविल्ल चियर बितरण गरेको र अझै माग भएकोले फेरि पनि बाड्ने प्रतिबद्धता
जनाउनु भयो र उध्यमशिलता र आय आर्जनका लागि अपांगता भएको ब्यतिलाइ पहिलो प्राथमिकता मा राखेको बताउनु भयो
यस्तै जवाफदेहिताको रुपमा बोल्दै विशिष्ट अतिथि सैनामैना नगरपालिका उपप्रमुख बिना राना, ईलाका प्रहरी कार्यालय रन्यौरा का प्रमुख आदित्य राज जोशी, सैनामैना ४ का वडा अध्यक्ष राम प्रसाद अधिकारी, कार्यपालिका सदस्य दुर्गा कुमारी श्रेष्ठले कार्यक्रममा सोधिएका प्रश्न हरुको जवाफ दिनु भएको थियो ।
यस्तै कार्यक्रमको बारेमा जानकारी टेवा अंन्तर्गत रहेको सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढिकरण को टीम लिडर रुपा उदास ले दिनु भएको थियो सोही अबसरमा बोल्दै रुपा उदासले टेवा महिला कोष भएको र महिलाहरुको लागि अनुदान संकलन गरेरे महिलाहरु को सशतीकरण गर्नुको लागि अगडी बढेको र अहिलेसम्म ७६ जिल्लामा पुगेको बताउनु भयो ।



अध्यक्षता तथा स्वगत मन्तब्य अपाङ्गता महिला संघ की अध्यक्ष कल्पना ढकाल ले गर्नु भएको कार्यक्रमको संञ्चालन सीता दर्नालले गर्नु भएको थियो भने सावर्जनिक सुनुवाईको सहजीकरण साझा टेलिभिजनका एच डी का प्रबंधक निर्देशक भुवन जी सीले गर्नु भएको थियो ।




