LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

निर्माण कम्पनीका कारण अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको प्रशासकीय भवन अलपत्र परेको छ । २०७७ साल असोज ३० गते ठेक्का सम्झौता भई २०७७ पुस ९ गते शिलान्यास भएको भवन अलपत्र अवस्थामा पुगेको हो ।
न्यायिक इजलाससहितको सुविधा सम्पन्न भवन बन्ने गरी वडा नम्बर ५, छत्रगन्जमा निर्माणाधीन भवनको पाँच करोड ३० लाख ४७ हजार रुपियाँमा सम्पन्न गर्ने गरी शिवाको भुसाल बस्नेत जेभी काठमाडौँले ठेक्का पाएको भए पनि भुसाल निर्माण सेवाले काम गर्दै आएको थियो ।
२०७९ साल जेठ २५ गतेसम्म सम्पन्न गर्ने गरी सम्झौता भएको भए पनि सम्झौता अवधि सकिएको झन्डै दुई वर्ष बितिसक्दासमेत भवन सम्पन्न हुन सकेको छैन । मुख्य भवनको तल्ला ढलान र बाहिरी वाल प्लास्टर सम्पन्न भएको भए पनि अन्य काम ठप्प अवस्थामा छ ।
ठेकेदार कम्पनीलाई पटक पटक ताकिता गर्दासमेत काम अगाडि नबढाएको गाउँपालिकाको भनाइ छ । पालिकाले भवन निर्माणका लागि चौथो पटक २०८१ साल मङ्सिर मसान्तसम्म म्याद थप गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले जानकारी दिनुभयो ।
सञ्चालक सम्पर्कमै आएकाले एक पटकलाई मौका दिएको कार्यालयले जनाएको छ । प्रशासनिक भवन निर्माणका लागि बजेटको भने अभाव नभएको पाण्डेले जानाकारी दिनुभयो ।
गाउँपालिकाले दैनिक प्रशासनिक काम निर्माणाधीन भवननजिकै सामान्य टिनको टहरोबाट सञ्चालन गर्दै आइरहेको छ । कोठा तथा भवनको अभावले एउटै कोठामा धेरै शाखा सञ्चालन गर्नुपर्ने, फाइल हराउने जस्ता कारणले दैनिक कार्यसम्पादन गर्न समस्या भएको अधिकृत शिव बर्माले जानकारी दिनुभयो । अर्घाखाँचीमा भुसाल निर्माण सेवाले आधा दर्जनभन्दा बढी आयोजनाको जिम्मा लिएको भए पनि अधिकांश आयोजना अलपत्र परेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय