LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको कञ्चनले गत भदौ २६ गते देखि शुरु भएको ५ दिने उपभोक्ता समितिका पदाधिकारीहरु योजना संचालन सम्बन्धी तालिम सोमबार सम्पन्न भएको छ । कञ्चनका ५ वटै वडामा गठित बिभिन्न योजना तथा कार्यक्रम संचालन सम्बन्धी उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना सञ्चालन सम्बन्धी कार्यविधि, मापदण्ड, कार्य सम्पादन, कार्य मुल्यांकन र उपभोक्ता समितिको काम्, कर्तब्य र अधिकारबारे तालिममा प्रशिक्षण दिइएको थियो।
तालिमको समापन गर्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले पालिकाले संचालन गर्ने हरेक योजनाहरुको पार्दशिता, मितव्ययिता, ब्यस्थित र स्थानीयहरुको अपनत्व बढाउने उद्धेश्यका साथ उपभोक्ता समितिका पदाधिकारीहरुलाई उनिहरुले संचालन गर्ने योजनाका बारेमा सहजिकरण गर्न तालिम संचालन गरिएको बताउनु भयो।
यस्तै प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले स्थानीय श्रोत साधनको अधिक्तम उपयोग गरी स्थानीयहरुकै प्रत्यक्ष सहभागितामा योजनाहरुको कार्यान्वयन गर्दा ती सार्वजनिक योजनाहरुको संरक्षणमा बढी अपनत्व बढ्ने भएकोले सरकारले उपभोक्ता समितिको अवधारणा ल्याएको बताउनु भयो।
तालिममा लेखा अधिकृत सन्तोष गैरे, ईन्जिनियर सुबोध ज्ञवाली, योजना शाखा प्रमुख चन्द्रमणी घिमिरे, सूचना अधिकृत अनिल थापा लगायतले उपभोक्ता समिति मार्फत संचालन तथा कार्यान्वय गर्नु पुर्व पुरा गर्नु पर्ने मापदण्ड, योजना संचालन पछि योजनालाई दिगो र गुणस्तरिय बनाउन आवस्यक पर्ने सामग्री, श्रोत साधन, जनसहभागिता, सिमा र अनुगमनको प्रभावकारिता, बिल भपाई तथा लेखा प्रणाली, कार्य सम्पालन तथा मुल्यांकनका लागि आवस्यक पर्ने कागजात, उपभोक्ता समितिको भुमिका र दायित्वबारे प्रशिक्षण दिनु भएको थियो।
वडा नं. १ को सभाहलमा भएको कार्यक्रममा वडा सचिव मधुकला घर्तिले संचालन गर्नु भएको थियो भने वडा सदस्य लेखा राहादीले स्वागत गर्नु भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय