सैनामैना, २, असोज
दुधराक्ष बासँगढी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था सैनामैना ८ बासँगढीले खानेपानी तथा सरसफाई सम्बन्धी अन्तरक्रिया कार्यक्रम बुधवार संस्थाको सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै सैनामैना वडा नंं ८ का अध्यक्ष तथा कार्यक्रममा प्रमुख अतिधि बुद्धिराम चौधरीले सैनामैनामा रहेका खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाहरु बिच जनतालाई दिने सेवा सुबिधा, सरसफाईको क्षेत्रमा गरेका कामको बारेमा प्रतिस्पर्धा हुनुपर्नेमा कुन संस्थाले कति रकम संकलन गर्न सकेको छ कुन संस्था संग कति रकम बैकमा डिपोजिट छ भन्ने कुरामा प्रतिस्प्रर्धा रहेको बताउर्दै सैनामैना वडा नं. ८ मा रहेको दुधराक्ष बासँगढी खानेपानी तथा सरसफाई संस्थाले त्यसलाई नजर अन्दाज गर्दै खानेपानी र सरसफाई क्षेत्रमा उल्लेख्य काम गरेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै सैनामैना खानेपानी महासंघका अध्यक्ष बिष्णु प्रसाद पाण्डेले हामी खानेपानी संस्था र टोलबिकास संस्थाका पदाधिकारीहरु भनेका घरको खाना खाएर समाजमा भोलेन्टियर काम गर्ने ब्यतिm रहेको बताउदै तलब खाएर बसेकाले हामीलाई प्रयोग गरेको गुनासो ब्यक्तगर्नुभएको थियो । अहिले आएर सरकारले खानेपानी संस्थाको मुनाफामा २५ प्रतिशत कर लगाउन लागेको भन्दै उपभोक्ताले सानो सानो रकम जम्मा गरेर बचत गरेको रकमको कर तिर्नु भन्दा उपभोक्तलाई सेवा सुबिधा बढाउनु पर्ने बताउनु भयो ।



कार्यक्रममा बोल्र्द संस्थाका अध्यक्ष मुक्तबहादुर थापाले संस्थाले आर्थिब बर्ष शुरु भए संगै आफ्नो सेवा क्षेत्र भित्रका टोबिकास संस्था, बिद्यालय संग अन्तरक्रिया गरि आबश्यकताको आधारका सरसफाईको काम गर्ने बताउनु भयो । अध्यक्ष थापाले संस्थाले गत बर्ष १५ प्रतिशत रकम बिनियोजन गरि सरसफाई क्षेत्रमा काम गरेको बताउर्द यस बगाइ त्यसलाई बढाएर २० प्रतिशत रकम बिनियोजन गरेको बताउनु भयो ।
संस्थाको उपाध्यक्ष कमला चौधरीको अध्यक्षता, सैनामैना वडा नंं ८ का अध्यक्ष बुद्धिराम चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा खानेपानी डिभिजन कार्यलय योगिकुटीका ईन्जिनीयर आदित्य धिताल, सैनामैना खानेपानी महसंघका अध्यक्ष बिण्णु प्रसाद पाण्डे, सरस्वती माध्यमिक बिद्यालयका प्राध्यानाध्यापन रामप्रसाद पौडेल लगायतले बोल्नुभएको थियो ।
संस्थाका सचिब हुम बहादुर रानाको सञ्चालनमा सम्पन्न कार्यक्रममा खानेपानी डिभिजन कार्यलय योगिकुटीबाट लुम्बिनी प्रदेश खानेपानी मन्त्रालयमा सरुवा हुनुभएका ईन्जिनीयर आदित्य धिताललाई संस्थाले बिदाई समेत गरेको थियो ।




