सैनामैना,३, असोज
सैनामैनामा नेपाली कांग्रेशको कृयाशिल सदस्यता नबिकरण अभियान शुरु भएको छ ।
नेपाली कांग्रेश सैनामैना नगर सभापति रणबहादुर खनालले वडा नं. ११ का वडा सभापति नारायण अर्जेललाई कृयाशिल सदस्यता कार्ड हस्तान्त्ररण गरि अभियानको शुरुवात गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नगर सभापति खनालले नेपाली कांग्रेश केन्द्रीय समितिको परिपत्र र सैनामैना नगर कार्यसम्पादन समितिको २०८१ साल भदौ २६ गते बसेको बैठकको निर्णय अनुसार यो अभियान शुरु गरिएको बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेश नगर सचिब कृण्ण प्रसाद कंडेलले केन्द्रीय समितिले गरेको परिपत्र बाचन गरि सुनाउनु भएको थियो ।




११ वटा वडामा गरि जम्मा दुईहजार चार सय त्रियासी कृर्याशिल सदस्यता रहेको सैनामैनामा यो अभियान असोज महिना भित्र सम्पन्न गर्ने नगर समितिले जानकारी गराएको छ ।




