LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देहीको सैनामैना वडा नं. ६ मा रहेको बैकुण्ठपुर कृषक समुहको छैर्ठौ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका उपप्रमुख बिना रानाले सैनामैनामा किसानहरुलाई कसरी व्यवसायीक बनाउने र उनिहरुले उत्पादन गरेका उत्पादनलाई कसरी ब्यबस्थापन गर्ने तर्फ योजना बनाई रहेको बताउदै छिट्टै सैनामैना वडा नं. ३ मा निमार्ण भएको चिस्यानकेन्द्र सञ्चालनगरि किसानको उत्पादनलाई भण्डारण गर्ने तर्फ नगर लागेको बताउनुभयो ।


अन्य समुहभन्दा बैकुण्ठपुर कृषक समुहउत्कृष्ट रहेको भएरनै बिभिन्न संस्थाबाट सुबिधाप्राप्त गरेको प्रधानमत्री कृषि आधुनि करण परियोजनाका प्रमुख नारायण काफ्लेले बताउनु भयो । यस्मा कृषक समुहको मेहनत,काम गरेको आधार, सफल अभ्यास नै रहेको उँहाको भनाई थियो ।
पछिल्लो समय युवाहरु कृषिबाट पलाएन भएको अबस्थामा कृषि पेशालाई कसरी मर्यादित र सम्मानित बनाउने भन्ने बारेमा चुनौती देखापरेको बताउदै यस्लाई व्यबसायीक रुपमा अगाडी बढाउन सके मात्र युवाहरुलाई यो पेशाप्रति आर्कशितगर्न सकिने प्रमुख काफ्लेले बाताउनु भयो ।

बैकुण्ठपुर कृषक समुहका अध्यक्ष भुपराज बस्यालको अध्यक्षता सैनामैना नगरपालिकाकाप्रमुख फणिन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सैनामैना नगरपालिकाका उपप्रमुखबिना राना, प्रधानमत्री कृषि आधुनिकरण परियोजनाका प्रमुख नारायण काफ्ले, सैनामैना वडा नं. ६ का अध्यक्ष गोपाल पोखरेल, कृषि शाखा प्रमुख श्रृर्जना खनाल, पाणेनी एकता कृषक समुहका अध्यक्ष कृण्णप्रसाद पोखरेल, समुहका सल्लाहकार रामप्रसाद न्यौपाने लगायतले बोल्नुभएको थियो ।


कार्यक्रममा उत्कृष्ठ कृषकबाट चक्र खनाल र उषा खत्रीलाई सम्मानित गरिएको थियो भने जेष्ट नागरिक बाट पोलाकान्त खनाल र गिरिराज काफ्लेलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
समुहका अध्यक्ष भुपराज बस्यालले प्रगती प्रतिबेदन र कोषाध्यक्ष राधिका काफ्लेले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको सञ्चालन निरु बस्यालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय