LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना वडा नं. ६ मा रहेको बैकुण्ठपुर कृषक समुहको छैर्ठौ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका उपप्रमुख बिना रानाले सैनामैनामा किसानहरुलाई कसरी व्यवसायीक बनाउने र उनिहरुले उत्पादन गरेका उत्पादनलाई कसरी ब्यबस्थापन गर्ने तर्फ योजना बनाई रहेको बताउदै छिट्टै सैनामैना वडा नं. ३ मा निमार्ण भएको चिस्यानकेन्द्र सञ्चालनगरि किसानको उत्पादनलाई भण्डारण गर्ने तर्फ नगर लागेको बताउनुभयो ।


अन्य समुहभन्दा बैकुण्ठपुर कृषक समुहउत्कृष्ट रहेको भएरनै बिभिन्न संस्थाबाट सुबिधाप्राप्त गरेको प्रधानमत्री कृषि आधुनि करण परियोजनाका प्रमुख नारायण काफ्लेले बताउनु भयो । यस्मा कृषक समुहको मेहनत,काम गरेको आधार, सफल अभ्यास नै रहेको उँहाको भनाई थियो ।
पछिल्लो समय युवाहरु कृषिबाट पलाएन भएको अबस्थामा कृषि पेशालाई कसरी मर्यादित र सम्मानित बनाउने भन्ने बारेमा चुनौती देखापरेको बताउदै यस्लाई व्यबसायीक रुपमा अगाडी बढाउन सके मात्र युवाहरुलाई यो पेशाप्रति आर्कशितगर्न सकिने प्रमुख काफ्लेले बाताउनु भयो ।

बैकुण्ठपुर कृषक समुहका अध्यक्ष भुपराज बस्यालको अध्यक्षता सैनामैना नगरपालिकाकाप्रमुख फणिन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सैनामैना नगरपालिकाका उपप्रमुखबिना राना, प्रधानमत्री कृषि आधुनिकरण परियोजनाका प्रमुख नारायण काफ्ले, सैनामैना वडा नं. ६ का अध्यक्ष गोपाल पोखरेल, कृषि शाखा प्रमुख श्रृर्जना खनाल, पाणेनी एकता कृषक समुहका अध्यक्ष कृण्णप्रसाद पोखरेल, समुहका सल्लाहकार रामप्रसाद न्यौपाने लगायतले बोल्नुभएको थियो ।


कार्यक्रममा उत्कृष्ठ कृषकबाट चक्र खनाल र उषा खत्रीलाई सम्मानित गरिएको थियो भने जेष्ट नागरिक बाट पोलाकान्त खनाल र गिरिराज काफ्लेलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
समुहका अध्यक्ष भुपराज बस्यालले प्रगती प्रतिबेदन र कोषाध्यक्ष राधिका काफ्लेले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको सञ्चालन निरु बस्यालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय