LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना वडा नं. ५ मा रहेको बुद्धनगर खानेपानी तथा सरसफाई उपभोत्ता समितिको आठौं वार्षिक साधारण सभा सैनामैना नगरपालिकाको प्राङ्गणमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका नगरप्रमुख फणिन्द्र प्रसाद शर्माले हामीले धारामा शुद्ध पानी पठाए पनि मुख सम्म शुद्ध पानी पुग्छ कि पुग्दैन भन्नेमा हामी सचेत हुनुपर्ने बताउनु भयो ।

शर्माले कुनै पनि संस्था संचालन भए संगै संस्था संंचालन खर्च गरेर केही रकम सामाजीक क्षेत्रमा लगाउनु पर्ने भन्दै खानेपानी
संस्थाले सरसफाईलाई महत्वका साथ हेर्नुपर्ने बताउनु भयो । सन २०३० सम्म दिगो बिकासको लक्ष संगै स्वच्छ खानेपानी पुर्याउने अभियानमा लागि परेको बताउदै यस कार्यको लागि तिनै तहका सरकार संग सहकार्य गरि अघि बढेको खानेपानी डिभिजन कार्यलय रुपन्देहीका प्रमुख राजकुमार चौधरीले बताउनु भयो ।


“सफा पानी पिउँ, निरोगी बनौं” भन्ने मुल मन्त्र लिएर २०६४ सालमा स्थापना भएको समितिले आफ्नो सेवाक्षेत्र भित्र ४७० धारा बाट उपभोक्तालाई सफा पानि बितरण गदै आएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष रामप्रसाद भुषालले आर्थिक बर्ष २०८०–०८१ मा समितिले गरेका १९ बुधा र आगामि आर्थिक बर्षमा गर्ने २३ बुधे निति तथा कार्यक्रम समाबेश भएको बाषिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।


संस्थाका अध्यक्ष रामप्रसाद भुषालको अध्यक्षता सैनामैना नगरपालिकाका नगर प्रमुख फणिन्द्रप्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सैनामैना नगरपालिकाका उपप्रमुख बिनाराना, डिभिजन प्रमसख राजकुमार चौधरी, सैनामैना वडा नं. ५ का अध्यक्ष धनप्रसाद पौडेल, मुर्गिया खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष पे्रमबहादुर बानिया, खानेपानी महसंघ लुम्बिनी प्रदेशका महासचिब शालिकराम भण्डारी,शहिदनारायण पोख्रेल रामापुर क्याम्पसका अध्यक्ष यदुलाल पन्थ, संस्थाका निवर्तमान अध्यक्ष दुर्गा भण्डारी, सल्लाहकार भिमलाल सुवेदी र उपभोक्ताको तर्फ देखि प्रकास पौडेलले बोल्नुभएको थियो ।

संस्थाको उपाध्यक्ष सरिता चौधरीको स्वागत तथा सह–सचिब प्रेमप्रताभ सेनको संचालनमा सम्पन्न भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष बिश्वमणि घिमिरेले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय