LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

सैनामैना,५, असोज
सैनामैना नगरपालिका वडा न ११ मा अवस्थित योर मल्टि फिटनेस परिवार लगाएत सम्पूर्ण शारिरिक सुगठन प्रेमीहरुले शुक्रबार सैनामैना ११ सालझण्डी चोकमा स्वर्गिय प्रकाश राई प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै दिप प्रजोलन कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा शारिरिक सुगठन प्रेमी तथा योर मल्टिफिटनेसका सञ्चालक बिकास थापाले स्वर्गिय राई प्रति श्रद्धाञ्जली व्यक्त गर्दै राईको निधनले सम्पूर्ण शारिरिक सुगठन प्रेमीहरुलाई दुखित बनाएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै कञ्चन गाउपालिका वार्ड न १ का वडा अध्यक्ष हरि नारायण चौधरीले स्वर्गिय राईको सम्झना गर्दै देशले एक उदारणीय व्यक्तित्व गुमाएकोमा चिन्ता व्यक्त गर्नुभयो । राई यही शनिबार मात्रै पाँचौँ खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगितामा बिजेता हुनुभएको थियो । बिजेता भएको पाँचौ दिनमै राईको निधन भएको थियो ।


मोरङको पथरी शनिश्चरे नगरपालिका–१ निवासी ४५ वर्षीय राईलाई असोज २ गते बुधबार बिहान उपचारका लागि धापासीस्थित ग्रान्डी अस्पतालमा पु¥याएकोमा चिकित्सकले त्यहीँ मृत घोषित गरेका थिए ।
उहाँको सम्झनामा देशभरी नै बिभिन्न शारिरिक शारिरिक सुगठन प्रेमी हरुले दिप प्रज्जलन तथा श्रद्धाञ्जली सभा गरिरहेका छन ।
यसै गरि सैनामैनामा रहेको फिटनेस टाईमले पनि एक कार्यक्रम गरि स्व. राई प्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय