LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको सैनामैनामा ठुलो मात्रामा अबैध सालको काठ बरामत भएको छ ।
ईलाका प्रहरी कार्यालय सालझण्डीको नियमित गस्तीको समयमा सैनामैना वडा नं. ६ मलमला टोलबिकास अन्तरगत झालाबाट उक्त काठ बरामत भएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जानकारी दिएको छ ।
आईतबार बिहान ३ बजे तिर बरामत भएको काठ मध्ये १९८ थान फेन्टा ११२.४८ क्यूफिट गोठमा लुकाई रहेको अबस्थामा , २३ थान फेन्टा १८.९३ क्यूफिट बाटोमा र ०.५ क्युफिट एक ब्यक्ति संग गरि जम्मा १३१. ९१ क्यूफिट काठ बरामत गरिएको हो । उक्त बरामत काठ ईलाका प्रहरी कार्यालय सालझण्डीमा रहेको छ ।
आईतबार बिहान इंगुरिया सामुदायिक वनले आफ्नो क्षेत्र भित्र बरामत गरेको काठ उपभोक्ताको रहेको भन्दै बिभिन्न समयमा उपभोक्ताको नाममा काटेको बिल देखाउदै उनिहरुलाई आफैले कारवाही गर्ने दाबि गरेको थियो ।
यस अघि पनि सोही सामुदायिक वनमा गाडी सहित ठुलो मात्रामा काठ बरामत भएको थियो । सैनामैना क्षेत्रमा इंगुरिया सामुदायिक वन संगै अन्य सामुदायिक वनहरु रहेपनि इंगुरिया सामुदायिक वनमा धेरै अबैध काठ तस्करी हुने गरेको स्थानियले बताएका छन् ।
पटक पटक काठ प्रहरीले बरामत गर्ने र सामुदायिक वन समिति आएर छुटाएर लैजाने क्रम जारी रहि रहदा कतै वन समितिनै यस कार्यमा लागेको होकी भन्ने जनमानसमा शंका उत्पन्न हुने बातावरण श्रृर्जना भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय