LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा न ६ मा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा नेपाल विद्यार्थी संघ इकाइ समितिद्वारा आयोजित बिजय दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथिसैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले चाडपर्वलाई हर्स उल्लासका साथ मनाउन आग्रह गर्दै कुनैपनि चाडपर्वलाई नेपालीको मौलिक संस्कृति अनुसार मनाउन आग्रह गर्नुभयो । उहाँले विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको शुभकामनासमेत व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काङग्रेस सैनामैना नगर सभापति रणबहादुर खनालले केही दिन अघि आएको बाढी पहिरोका कारण धेरै घर परिवार विस्थापित भएको भन्दै मृतक परिवार जनप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्नुभयो । उहाँले आउदै गरेको विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्नुभयो ।

क्याम्पसका स्ववियु सभापति मनोज बेल्बासेले विजयादशमी तथा शुभ दिपावलीको शुभकामना दिदै नेपाल विद्यार्थी संघ सधै विद्यार्थीको समस्यालाई समाधान गर्न तत्पर रहेको भन्दै बिगतका वर्षहरुमा पनि यस्तै कार्यक्रम गदै विद्यार्थीका समस्यामा सहजीकरण गरेको बताउनुभयो ।

नेपाल विद्यार्थी संघसहिद नारायण पोखरेल रामापुर क्याम्पसका इकाई सभापति मौसम थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य चित्रबहादर केसी, शान्ति समाज नेपालका निवर्तमान केन्द्रीय सभापति गोबिन्द खनाल लगायत शिक्षक विद्यार्थीको उपस्थित रहेको थियो । कार्यक्रममा क्याम्पस प्रमुख हेमबहादुर थापा लगायतले शुभकामना दिनुभएको थियो ।

उक्त अवसरमा विद्यार्थीहरुले दशै विशेष रचना बाचन संगै गीतहरू समेत प्रस्तुत गरेका थिए । विएड तेस्रो वर्षमा अध्ययनरत नेपाल विद्यार्थी संघ स्ववियु सदस्य गिता पराजुलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन नेपाल विद्यार्थी संघ स्ववियु सचिव बिष्णु ढकालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय