LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको कञ्चन गाउँपालिकामा लैंगिक समानता सामाजिक तथा समावेशिकरणबारे कार्याबिधी बमोजिम योजना संचालन भएका छन वा छैनन भन्ने बिषयमा सरोकारवालाहरु बिच परिक्षण कार्य सम्पन्न भएको छ ।

१०० सुचकहरुमा गाउँपालिकाबाट आ.ब. २०८०÷०८१ मा भएका नीति तथा कार्यक्रम योजना र कानुनहरुको अवस्था र त्यस्को कार्यान्वयनको अबस्था सम्बन्धबारे परिक्षण गरिएको हो।

कञ्चन गाउँपालिकाका महिला जनप्रतिनीधि र कर्मचारी बिच भएको परिक्षणमा लक्षित समुदाय अन्तर्गत महिला, दलित, आदीवासी जनजाती, अशक्त, अपाङ्गता र जेष्ठ नागरिकहरुले प्रत्यक्ष लाभ लिन सक्नेगरी नीति योजना र बजेट ब्यबस्थापन तथा कार्यान्वय र त्यसको अनुगमन मुल्याङ्कन र प्रभावकारीता समामजिक परिक्षण गरिएको थियो।

कार्यक्रममा उपाध्यक्ष मौसमी थापा मगरले परिक्षणको क्रममा उठेका सवालहरुबारे आगामी आ.व. देखि नीतिगत रुपमा योजना बनाएर लक्षित समुदायले लाभ प्राप्त गर्नेगरी पालिकाको कार्यक्रम संचालन गर्ने प्रतिवद्धता जनाउनु भयो ।

यस्तै उपाध्यक्ष थापा मगरले विगतका आ.व.हरुमा लक्षित समुदाय आधारित कार्यक्रम र योजना बनाएर संचालन गरेको भएपनि ती कार्यक्रमहरुको अनुगमन, मुल्याङ्कन तथा समिक्षात्मक प्रतिवेदन तयार गर्न नसक्दा परिक्षणका लागि सुचकले निर्धारण गरेको आवश्यक अंकभार ग्रहण नसकेको कुरालाई मध्यनजर गर्दै बिषयगत शाखाका कर्मचारी, जनप्रतिनीधिहरुले समेत आफुले गरेका कार्यहरुको प्रतिवेदन बनाएर आगामी बर्षका लागि योजना तर्जुमा गर्न गराउन सहज बनाउन आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय