LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

कपिलवस्तुको बाणगंगा नगरपालिका पिपरामा सामुदायिक डायलाइसिस सेन्टरको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिहिवार एक कार्यक्रमका विच उदघाटन गर्नुभएको छ ।
मृगौलाका बिरामीहरुलाई डायलाइसिस सेवा प्रदान गर्न गौतमबुद्ध सामुदायिक मुटु अस्पताल र बिभिन्न रोटरी क्लवहरुको सहकार्यमा सामुदायिक डायलाइसिस सेन्टर सञ्चालनमा आएको हो।

कपिलबस्तुमा डाईलाईसिस सेवा नहुदा मृगौलाका बिरामीहरुले डायलाइसिस सेवा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । बाणगंगामा यो सेवा सूरु भएपछि बुटवलबाट पश्चिमका बिरामीहरुलाई सहज भएको छ । उक्त सेन्टरमा दश वटा डायलाइसिस मेसिन राखिएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले बताउनुभयो ।

आलमका अनुसार पाँच करोडको लगातमा डायलाइसिस सेन्टरबाट दैनिक ६० जना बिरामीलाई सेवा पु¥याउन सक्ने क्षमता छ । एक जना बिरामीले हप्ताको दुई दिन देखि तीन दिनसम्म डायलाइसिस गर्नुपर्ने अवस्था रहेको डायलाइसिस सेन्टरले जनाएको छ। अध्यक्ष आलमका अनुसार लुम्बिनी प्रदेशमा ३ वटा डाईलाईसिस सेन्टर स्थापना गरेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको यो चौथो सेन्टर हो भने लुम्विनी प्रदेश बाहिर स्याङजाको वालिङ्गमा समेत डाईलाईसिस सेवा उपलब्ध छ ।

गौतम बुद्ध मुटु अस्पतालका चार वटा सामुदायिक डाईलाईसिस सेन्टर र एउटा अस्पतालगरी पाँच वटा स्वास्थ्य संस्थाबाट पाँचसय जनाले नियमित डायलाइसिस सेवा लिदै आएका छन्। डाईलाईसिस सेन्टरको उदघाटन समारोहमा बोल्दै लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरले लुम्बिनी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा नमुना बनाउनेगरी सरकारले काम गरिरहेको बताउनुभयो ।

पूर्व स्वास्थ्यमन्त्री तथा प्रदेश सभा सदस्य विष्णु पन्थीले सामुदायिक स्वास्थ्य संस्थाहरुले नागरिकको स्वास्थ्य उपचारमा अतुलनिय योग्दान पु¥याएको चर्चा गर्दै सरकारी क्षेत्रबाट सहयोगको हात अघि बढाउनुपर्ने बताउनुभयो ।
अस्पतालका निर्देशक बरिष्ट मुटुरोग बिशेषज्ञ डा.समिर गौतमको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण बावुराम बोहराले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय