LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको कञ्चन गाउँपालिकाले आफ्नो स्थानीय तह भित्र सञ्चालित बजार तथा पसलहरुको अनुगमन गरेको छ । बजार अनुगमनको क्रममा कञ्चनका प्राय पसलहरुमा म्याद सकिएका र विल विजक विनाका सामानहरु फेला परेका छन ।

बजार अनुगमन समितिका संयोजक तथा कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरको नेतृत्वमा सम्बन्धित वडाका जनप्रतिनिधि, प्रशासन शाखा प्रमुख गिरीराज अर्याल, सुरक्षाकर्मी र नगर प्रहरी सहितको संयुक्त अनुगमन टोलीले कञ्चनको गरगरे, बरपिपलचोक, थकालीचोक र हरैया बजारमा संचालन भएका व्यबसायिक फर्म तथा पसलहरुको अनुगमन गरेको हो ।

अनुगमनको क्रममा फेला परेका म्याद गुज्रेका सामान, विल बिजक विनाका सामान, मापदण्ड विपरीतका ढक तराजु, अनुमती नलिई संचालन भएका बिभिन्न पसलहरुमा राखिएका सामानहरु समेत पालिकाले बरामद गरेको छ । यसैगरी अनुमती नलिई संचालन भएका व्यबसायिक फर्म तथा पसलहरुलाई १ हप्ताको समय दिई पालिका, आन्तरिक राजस्व कार्यालय र घरेलु तथा वाणिज्य कार्यालयमा समेत दर्ता गरी नियमानुसार पसल संचालन गर्न समेत सल्लाह दिइएको कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले जानकारी दिनु भयो ।

अनुगमनको क्रममा ब्यबसाय संचालन गर्ने उद्देश्य र प्रकृति अर्कै छ तर पसलमा व्यवसाय दर्ता पत्रमा उल्लेख नभएका सामानहरु समेत बिक्री वितरण गरेको पाइएकोले उनिहरुलाई एक हप्ता भित्र आवस्यक कागजात पुरा गरेर संचालन गर्न निर्देशन दिइएको कञ्चन गाउँपालिकाका प्रशासन प्रमुख गिरीराज अर्यालले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय