LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको कञ्चन गाउँपलिकामा जारी पालिकाकै दोश्रो ठूलो पुरस्कार राशी भएको आठौं चाँदनी कप नकआउट फुटवल प्रतियोगिताको चौंथो दिन भएको खेलमा जापानी योङ्ग ब्वाइज कपिलबस्तु विजयी भएको छ ।

प्रतियोगिताको पहिलो चरण अन्तर्गत जापानी योङ्ग ब्वाइज कपिलवस्तु र स्कोलर्स होम बुटवल बिच भएको अन्तिम खेलमा जापानी योङ्ग ब्वाइज, कपिलबस्त क्वाटरफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बन्न सफल भएको हो ।
जापानी योङ्ग ब्वाइज, कपिलबस्तले स्कोलर्स होमलाई ४–० गोल अन्तरले पराजित गर्न जापानी योङ्ग ब्वाइज कपिलबस्तका सन्जु सेनको ह्याट्रिक र भुपेन्द्र शाही ठकुरीले गरेको शुरुवाती गोल नै निर्णायक बनेको हो ।

चाँदनी युवा क्लव, कञ्चन १ दानापुर रुपन्देहीको आयोजनामा संचालन भइरहेको प्रतियोगितामा रुपन्देही, नवलपरासी र कपिलवस्तुका १२ फुटवल टिमहरुले सहभागिता जनाएका छन । चाँदनी कपको आठौं संस्करणको रुपमा कञ्चन १ को दानापुर खेल मैदानमा जारी प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार रुपैया सहित कप, मेडल र प्रमाण पत्र पाउने छन । यस्तै उपविजेता टिमले ७५ हजार रुपैया सहित कप, मेडल र प्रमाण पत्र पाउनेछन ।
नेपालीहरूको महान पर्व विजया दशमीको अवसरमा संचालित फुटबल प्रतियोगिता २४ गतेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय