LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

नेपाल हाईलाईट
१९, असोज
नेपाल कांग्रेस केन्द्रीय सदस्य भरतकुमार शाहले हालै गएको बाढी पहिरोमा प्रभावित भएका घर परिवारलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र न.५ ले शनिवार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा बाढी पहिरो पिडितलाई राहत स्वरुप आर्थिक संकलन कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य शाहले नेपाली कांग्रेसपनि सरकारमा सहभागी भएको हुँदा विपद्को यो अवस्थामा मानवीयता प्रकट गर्न आग्रह गर्दै रुपन्देही क्षेत्र नं. ५ ले देखाएको बाढी पीडित सहयोग संकलनबाट देशैभरी नयाँ सन्देश जाने बताउनुभयो । उहाँले शनिवार गरिएको राहत संकलनबाट एक लाख नगद संकलन भएको र उक्त रकम नेपाली कांग्रेसको राहत संकलन कोषमा जम्मा गरिने समेत बताउनु भयो ।

केन्द्रिय सदस्य शाहले जोखिम न्युनिकरण र व्यवस्थापनमा कांग्रेस जिम्मेवार भएको हुँदा यो अभियानमा तिनै तहका सरकार संवेदनशिल बन्नुपर्ने उल्लेख गर्नुभयो । कांग्रेसले बाढी पहिरो पिडित कोष खडा गरि देशव्यापी रुपमा राहत संकलन गरिरहेको बताउँदै केन्द्रिय सदस्य शाहले राहतले बाढी पहिरो पिडितलाई केही भएपनि सहयोग हुने बताउनुभयो ।
एक अर्को प्रसंगमा कांग्रेस केन्द्रिय सदस्य शाहले नेपाली कांग्रेस संघीयता विरोधी नभएको स्पष्ट गर्दै कांग्रेसकै बलमा नेपालमा संघीय शासन व्यवस्था लागू भएको उल्लेख गर्नुभयो ।

 

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५ का क्षेत्रीय सभापति वसिउल्लाह मुसलमानको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य चित्रबहादुर केसी, नेपाली कांग्रेस रुपन्देही क्षेत्र नंं ३ का क्षेत्रीय सभापति सुशील गुरुङ, नेपाली कांग्रेस सैनामैनाका सभापति रणबहादुर खनाल र कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रमको स्वागत नेपाली कांग्रेस रुपन्देही क्षेत्र नंं ५ ख का सभापति बिन्दराम यादवले गर्नुभएको थियो भने कार्यक्रमको संचालन क्षेत्र नंं ५ का क्षत्रीय सचिव कृष्णप्रसाद शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय