LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना दलित उत्थान समिति सैनामैना, रूपन्देहीको आयोजनामा सोमबार बडादशैं, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

सैनामैना दलित उत्थान समितिका अध्यक्ष जयलाल बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाज पूर्व अध्यक्ष गोविन्द खनालले दलित समुदायलाई कानुनमा अधिकार र न्याय दिएपनि त्यो ब्यवहारमा लागू नभएको बताउनु भयो ।

उहाँले दशैंको शुभकामना ब्यक्त गर्दै राजनितिक रूपमा भोट प्राप्त गर्न ठुला ठुला गफ गर्नेहरुले आफ््नो स्वार्थ पूरा भएपछि दलितका समस्या सम्वोधनमा चासो नदिएको टिप्पणी गर्नुभयो । उहाँले दलित समुदायले आफ्नो अधिकारका लागि गरिरहेको संघर्षबाट कदापि बिचलित हुन नहुने बताउनु भयो ।

सैनामैना दलित उत्थान समितिकी सचिव माया रसाईलीले संचालन गर्नुभएको कार्यक्रममा ईंगुरिया सामुदायिक वनका अध्यक्ष पुर्णबहादुर बिक, सुनचाँदी व्यवसायी संघ सैनामैनाका अध्यक्ष तिलकराज गहतराज, सैनामैना सिलाई कटाई तथा कपडा व्यवसायि संघका अध्यक्ष सन्तोष परियार, भगत सर्वजित प्रतिष्ठानका अध्यक्ष निलबहादुर बिक लगायतले बोल्दै नेपालीहरुको महान चाड बडादशैै, दिपावली र छठ पर्वको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय