इलाका प्रहरी कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गिया र प्रहरी चौकी बेलभरियाबाट खटिएको प्रहरी टोलीले ठूलो परिणाममा अबैध कपडा पक्राउ गरेको छ । यही असोज २० गते राती रुपन्देहीको बुटवल महानगरपालिका १५ बाट अवैधरुपमा भन्सार छली गरी ल्याइएको लत्ता–कपडा विशेष सुराकीको आधारमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख प्रहरी निरिक्षक आदित्यराज विष्टले जानकारी दिनु भयो ।
विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले ट्रकलाई पिछा गर्दै जाने क्रममा उक्त ट्रक चालकले ट्रकलाई बुटवल वडा नं. १५ स्थित उजेलापुरमा छाडी सवारी चालक फरार रहेको अवस्था ट्रक फेला परेको हो ।



ट्रकलाई खटिइको प्रहरी टोलीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयमा ल्याई चेक जाँच गर्दा अन्दाजी ५० लाख ४२ हजार ४५० रुपैया बराबरको लत्ता कपडा र सोही लत्ता कपडा ओसार–पसारमा प्रयोग भएको लु १ ख ८३४० न.को ट्रक बरामद गरी इलाका प्रहरी कार्यालय बुटवल मार्फत भन्सार कार्यालय बेलहिया पठाएको ई प्र का रन्यौराले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय रन्यौराको कार्यालयबाट प्रहरी निरिक्षक आदित्यराज विष्टको कमाण्डमा रहेको प्रहरी टोली र प्रहरी चौकी बेलभरियाबाट खटिएको सयुंक्त प्रहरी टोलीले उक्त ट्रकलाई पिछा गर्दै जाने क्रममा ट्रक चालकले ट्रक छोडेर फरार भएको प्रहरी निरक्षक बिष्टले जानकारी दिनुभयो ।




