LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिका ५ बुद्धनगरमा रहेको मुगुङहवा कोरियन इन्स्टिच्युट एण्ड होस्टेलले इन्स्टिच्युटबाट पास भएर कोरिया जाने विद्यार्थीका लागि सोमबार शुभकामना तथा बिदाई कार्यक्रम गरेको छ ।

बुद्धनगरस्थित मुगुङहवा कोरियन इन्स्टिच्युट एण्ड होस्टेलको आफ्नै प्रांगणमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले कोरिया गएका युवाहरु पछि नेपाल नै फर्केर कोरियाबाट कमाएको पैसा र सिकेको सीप नेपालमै सदुपयोग गर्ने भएकोले कोरियाको अवसरले दिर्घकालीन रुपमा यो नेपाललाई फाईदा पुग्ने बताए ।

मुगुङहवा कोरियन इन्स्टिच्युट एण्ड होस्टेलका अध्यक्ष दिनेश ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा दिप एजुकेशन हब प्रालि बुटवलका संचालक दिपक लम्साल, कोरियन इन्स्टिच्यूट बुटवलका संचालक शालिक अधिकारी र कोरियन इन्स्टिच्यूटका पूर्व प्रशिक्षक कौशलराज पोखरेल लगायतले कोरिया भाषा पढिरहेका विद्यार्थीहरुको उज्वल भविष्यको सफलताको कामना गर्दै दशैंको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा मुगुङहवा कोरियन इन्स्टिच्युट एण्ड होस्टेलकी प्रवन्ध निर्देशक सरिता आचार्य ज्ञवाली र प्रशिक्षक राज पाण्डेले पनि बोल्नुभएको थियो भने कार्यक्रमको संचालक पत्रकार बिजय सुनारले गर्नुभएको थियो ।

मुगुङहवा कोरियन इन्स्टिच्युट एण्ड होस्टेलबाट पढेका १२० जना विद्यार्थीले कोरिया नाम निकाल्न सफल भएका छन। सोही अवसरमा सैनामैना सिङगिङ स्टार सिजन २ का बिजेताले सांगीतिक प्रस्तुती दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय