LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

सैनामैना दलित उत्थान वडा समिति सैनामैना ४ को आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न सैनामैना, असोज २३ । नेपालीहरुको महानपर्व बडादशै, दिपावली तथा छठ पर्वको अवसरमा सैनामैना दलित उत्थान वडा समिति सैनामैना ४ ले बुधबार शुभकामना आदानप्रदान एवम् साँस्कृतीक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी सैनामैना नगरपालिका वडा नं। ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारीले पछिल्लोसमय विभिन्न जातजातिहरु संगठित र ऐक्यबद्ध हुँदै गर्दा दलितहरु समेत संगठित हुनुपर्ने बताउनु भयो । उहाँले सैनामैना दलित उत्थान वडा समिति सैनामैना ४ ले समाजको विकासमा राम्रो र उदाहरणीय काम गरेको बताउँदै बडादशैं, दिपावली र छठ पर्वको सवैमा शुभकामना दिनुभयो ।

कार्यक्रममा नवदुर्गा मन्दिर व्यवस्थापन समिति मुर्गियाका अध्यक्ष कृष्ण कडेल, सैनामैना नगरपालिका वडा नं। ४ का वडा सदस्य तेजेन्द्र सुवेदी, पर्रोहा सामुदायिक वन मुर्गियाकी कार्यालय सचिव जानकी शर्मा लगायत विभिन्न टोल विकास संस्थाका अध्यक्ष र पदाधिकारीहरुले बडादशै, दिपावली र छठको शुभकामना दिनुभएको थियो ।

उक्त अवसरमा दलित उत्थान समितिमा आबद्ध कलाकारहरुले विभिन्न सांगीतिक प्रस्तुती दिएका थिए । सैनामैना दलित उत्थान वडा समिति सैनामैना ४ का अध्यक्ष सागर बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सल्लाहकार राजु रणपालले गर्नुभएको थियो भने संचालन रिता रसाईलीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय