LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

नेपालीहरुको दशैं तिहार लगायतका महत्वपूर्ण चाडपर्वका अवसरमा खेलिने चर्खे र रोटे लगायतको पिङ संस्कृति हराउँदै गएको बेला सैनामैनामा भने हराउँदै गएको पिङ संस्कृति जोगाउने प्रयास थालिएको छ । सैनामैना नगरपालिका वडा नंं १० मा रहेको झिमझिमिया समाबेशी युवा क्लवले पुरानो चर्खे र रोटे पिङ हराउँदै गएपनि लिङ्गे पिङमार्फत संस्कृति संरक्षणको प्रयास थालेको हो ।

सैनामैना नगरपालिका वडा नंं १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले झिमझिमिया समाबेशी युवा क्लवले दशैंको कला संस्कृति जोगाउने उद्देश्यले विगत तीन बर्षदेखि पिङ व्यवस्थापन गरिरहेको बताउनु यो महत्वपूर्ण कार्यका लागि क्लवलाई धन्यबाद दिनुभयो । उहाँले नेपाली मौलिक कला संस्कृति जगेर्ना गर्न एउटा क्लबले जुन सामाजिक उत्तरदायित्व अन्तरगत गरेको प्रयास महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा पनि क्लवको यस प्रकारको कला संस्कृति संरक्षण गर्ने अभियानको निरन्तरताको आग्रह गर्नुभयो ।

क्लवका अध्यक्ष केशव पौडेलले दशैं तिहारको बेला गाउँघरमा पिङ लगाएर रमाइलो गर्ने संस्कृति हराउँदै गएको बताउँदै आफूहरुले यसको जगेर्ना गर्ने प्रयास गरेको बताउनु भयो । उहाँले बिगतदेखि नै क्लबले पिङ राखेर कला संस्कृति संरक्षण गर्ने प्रयास गर्दै आएको बताउनुभयो ।

यसैगरी क्लवका सदस्य सागर गैरेले दशैं तिहारको बेलामा नेपाली पिङ संस्कृति संरक्षण गर्ने उद्देश्यले क्लबले पिङ राखेको बताउँदै अहिले बालबालिकाहरु मोबाइलमा व्यस्त हुने गरेकोमा पिङ खेल्न पाउने भएपछि बालबालिकाहरुमा मोबाइलको लत छुटाउन यसले सहयोग गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

नेपालका अधिकांश स्थानबाट अहिले पुराना पिङ हराउँदै र लोप हुँदै गएका छन । कतै राखिएको भएपनि ती पिङका लागि आवश्यक पर्ने काठ नपाउँदा चलाउनै समस्या छ । सैनामैनाको १० स्थित झिमझिमिया समाबेशी युवा क्लबले पिङ राखेर पुरानो कला संस्कृति बचाउने प्रयास गरेको छ । क्लबको यस प्रकारको कामको स्थानीयले प्रशंसा गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय