LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

बुटवल उपमहानगरपालिकाले मासु पसलको अनुगनमनमा कडाई गरेपछि यहाँका मासु ब्यवसायी यति बेला आन्दोलित भएका छन । उपमहानगरपालिकाले बधशालामा मात्र बध गरेको खसीबाकाको मासु बेच्नको लागि ब्यवसायीलाई कडाई गरेको छ ।

तर मासु ब्यवसायी संघले भने बधशाला मासु नबेच्नेको लागि ह्विप नै जारी गरेको छ । उपमहानगरपालिकाको कडाई र मासु ब्यवसायी संघको ह्विपका कारण बुटवलमा दशैंको बेला खसी बोकाको मासु पाउनै मुस्किल परेको छ । बुटवल उपमहानगरपालिकाले अनुगमनलाई निरन्तरता दिँदै कारबाही प्रक्रिया सुरु गरेपछि ब्यवसायीले मासु पसलनै बन्द गरेर आन्दोलित बनेको छन ।

मासु ब्यवसायी संघ रुपन्देहीले बधशालामा बध गरेको मासु नबेच्नको लागि ब्यवसायीलाई ह्विप नै जारी गरेको छ । अहिले मासु पसल खुल्ला भएपनि खसी बोकाको मासु पाउन बुटवलमा निकै मुस्किल छ ।

बुटवल उपमहानगरपालिकाले रामनगरमा आधुनिक बधशाला सञ्चालन गरेपछि यो विबाद सुरु भएको हो । बधशालामा बध गरेको मासुको प्रयोगमा किन उपमहानगरपालिकाले जोड दिएको छ भन्ने प्रश्नमा बुटवल उपमहानगरपालिकाका पशु चिकित्सक झबिन्द्र बञ्जाडेले बधशालामा बध गरिएको मासु स्वच्छ र राम्रो हुने बताउनु भयो ।

उता गत असोज १० गतेदेखि २२ गतेसम्म उपमहानगरपालिकाले निरन्तरत मासु पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा उपमहानगपालिकाले ३ वटा मासु पसलबाट ३० किलो बाख्रीको मासु जफत गरी नष्ट गरेको छ । ७१ वटा मासु पसललाई १० हजार जरिवाना असुलीको पत्राचार गरेको छ । यो अनुगमन के का लागि भन्ने प्रश्नम बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालको भनाई यस्तो छ ।

मासु ब्यवसायी संघले बधशालामा बध गरेको मासु नबेच्न ह्पि जारी गर्दा र बुटवल उपमहानगरपालिकाले बधशालामा बध गरेको मात्र मासु बेच्नको लागि कडाइ गर्दा यसपालिको दशैमा उपभोक्तालाई मासु पाउन निक्कै मुस्किल परेको हो । स्वच्छ, सफा र स्वस्थ्य मासु उपभोग गर्न पाउने अधिकारी उपभोक्ता हो । उपभोक्ताको हित संरक्षणको लागि सबै पक्ष गम्भिर बन्न जरुरी देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय