LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं.ं ११ मा रहेको राजापानी सामुदायिक वन उपभोक्ता समितिको २२ औं साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाको अवसरमा शुभकामना मन्तब्य दिदै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैनाको ११ नम्बर वडाको राजापानी क्षेत्रमा सिमसार क्षेत्र रहेको यो भनेको पृथ्वीको मुटु हो भन्दै राजापानी सिमसार क्षेत्रलाई संरक्षण कसरी गर्ने र पर्याबरण कसरी बचाउने र सिमसार क्षेत्रको पानीलाई उपयोगमा कसरी ल्याउने र यहाँ रहेका चराचुरुंगी हेर्न पर्यटकलाई कसरी ल्याउने भन्ने बिषयमा धेरै सोच बिचार गरेर एसियाली विकास बैंकलाई राजापानीमा निम्त्याएको बताउनुभयो ।

यसैगरी कार्यक्रममा सैनामैना नगरपालिका वडा नंं ११ का वडा अध्यक्ष रामप्रसाद भुसालले राजापानी सामुदायिक बनको नयाँ कार्यक्रम हेर्दा अति सराहनीय लागेको बताउँदै शिक्षा, स्वास्थ्य, खेलकुद, बृद्धबृद्धा सम्मान र धार्मिक क्षेत्रको विकास र छात्रबृत्ति लगायतका कार्यक्रममा वनले खेलेको भूमिका अत्यन्त सराहनीय रहेको बताउनुभयो ।

राजापानी सामुदायिक वनका अध्यक्ष श्याम रानाको अध्यक्षतामा भएको साधारण सभामा रुपन्देहीको कञ्चन सब डिभिजन वन कार्यालय फायरलाईनका वन अधिकृत प्रेमशंकर प्रसाद गुप्ता, उपभोक्ता अनिता थारु, मनिराम भुसाल लगायतले बोल्नुभएको थियो ।
राजापानी सामुदायिक वनका उपाध्यक्ष देवीराम रेग्मीको स्वागतमा भएको साधारण सभाको संचालन सचिव लक्ष्मी चौधरीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय