पर्वत जिल्लाको बिहादी गाउँपालिकाका अध्यक्ष प्रविन गुरुङले बडादशै, दिपावली, नेपाल सम्बत ११४५, छठ लगायतका पर्वहरु हाम्रो परम्परा र संस्कारलाई सम्मान गर्दै खुसीका साथ मनाउन अनुरोध गर्नुभएको छ ।
बडादशैं, दिपावली, नेपाल सम्बत ११४५ र छठ पर्वको अवसरमा शुभकामना सन्देश दिदै अध्यक्ष गुरुङले पछिल्लो समयमा यस्ता पवित्र पर्वहरूमा केही विकृति र विसंगति देखापरिरहेको बताउँदै बिकृती बि संगतिले हाम्रो समाजमा नकारात्मक प्रभाव पार्ने हुँदा त्यस्तो प्रवृत्ति अन्त्य गर्न समेत आग्रह गर्नुभएको छ ।



चाडपर्वको बेलामा मदिरा सेवन, जुवातास खेल्ने र फजुल खर्चजस्ता गतिविधिहरूले पर्वको पवित्रता बिगार्ने मात्र होइन, हाम्रो समाजमा अपराध, दुव्र्यवहार र असन्तुलनको वातावरण सिर्जना गरिरहेको अध्यक्ष गुरुङको भनाई छ ।
अध्यक्ष गुरुङले उहाँले नेपालीहरूको महान् पर्व विजयादशमी, शुभ दीपावली, नेपाल संवत् ११४५, र छठ पर्वको अवसरमा सम्पुर्ण विहादीवासी आमावुवा, दाजुभाई तथा दिदिबहिनीहरु लगायत समस्त स्वदेश तथा विदेशमा रहनुहुने नेपालीजनहरुमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु भन्ने सन्देश समेत दिनुभयो ।
उहाँले यी पर्वहरू हाम्रो धार्मिक, सांस्कृतिक, र सामाजिक विविधता झल्काउने मात्र नभई एकता, प्रेम, र सद्भावको प्रतीक पनि हुन् भन्दै हामी सबैले हाम्रो सांस्कृतिक महत्वलाई ध्यानमा राख्दै यस्ता विकृतिहरूलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले हाम्रो परम्परा र संस्कारलाई सुरक्षित राख्न र आगामी पुस्तालाई सही मार्गमा डो¥याउन पनि आग्रह गर्नुभयो ।
शुभकामनाको अन्त्यमा अध्यक्ष गुरुङले हाम्रो धार्मिक, सांस्कृतिक, र सामाजिक विविधता भित्रको एकता, प्रेम, र सद्भावलाई अझ मजबुत बनाउदै पारस्परिक सहयोग र अमुल्य सुझाव सहित “समुन्नत विहादी, सम्मानित विहादीवासी” निर्माणको संकल्प पूरा होस, विजयादशमी, दीपावली, नेपाल संवत्, र छठ पर्वले सबैमा सकारात्मक सोच, स्वास्थ्य, र समृद्धि ल्याओस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।





