LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

३० असोज

गुल्मीको सत्यवतीमा १० दिने काष्ठकला कार्यशाला  कार्तिक १ गते देखि शुरु हुदैछ। सत्यवती गाउँपालिकाको आयोजना र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्य तथा साकटेक नेपाल, गुल्मीको व्यबस्थापनमा संचालन हुने उक्त कार्यशालामा देशभरका २४ जना राष्ट्रिय मुर्ति तथा चित्रकारहरुले गुराँसको सुकेका काठहरुमा मुर्ति बनाउने छन।

कार्यशालाका लागि बरिष्ठ मुर्तिकार तथा ललितकला क्याम्पसका सहायक प्राध्यापक प्राज्ञ नरेन्द्र भण्डारी, बरिष्ठ मुर्तिकार तथा काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक एवं प्राज्ञ भुवन थापा मगर “बहुवी”, सतयवती गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष खडगविर थापा र वडा  नं. ३ का वडा अध्यक्ष जित बहादुर तरामु लगायतले तयारी अवलोकन भ्रमण गर्नु भएको छ। उक्त कार्यशालामा प्राज्ञ तथा मुर्तिकार यम बहादुर थापा, बेनप्रसाद थापा, चित्रकार सुमित्रा राना लगायत साविक ठूलो लुम्पेकका मात्र १७ जना कलाकारहरुले सहभागिता जनाउने भएका छन।

आदीवसी र संस्कृति शिर्षकमा बनाइने उक्त काष्ठकलाका लागि सत्यवती क्षेत्र बिकासको क्रममा सडक निर्माण गर्दा ढलेर खेर गइरहेका गुराँसका रुख तथा मुढाहरुको प्रयोग गरिने  छ। सत्यवती गाउँपालिकाको करिब ४ लाख रुपैया आर्थिक सहयोगमा पशिच्म क्षेत्रकै एकमात्र सुन्दर पर्यटकिय क्षेत्रको रुपमा स्थापित सत्यवती बिकास क्षेत्रमा संचालन हुने उक्त कार्यशालाका लागि सोही गाउँपालिकाको वडा नं. ३ को समन्वय र सहकार्य हुनेछ ।

यस भन्दा अघि नेपाल सरकारले नेपालका १०० पर्यटकिय गन्तव्य क्षेत्रभित्र सत्यवतीलाई समावेस गरेको भएपनि संघिय सरकारको तर्फबाट त्यस क्षेत्रको बिकासका लागि कुनै बजेट ब्यबस्थापन नगरेको स्थानीय पत्रकार खोमा तरामुले बताउनु भएको छ। अहिलेसम्म नेपाल पर्यटन बोर्ड मार्फत यू एन डि पीले सत्यवती क्षेत्र बिकासका लागि ४६ लाख रुपैया मात्र खर्च गरेको छ।

तर स्थानीय सरकारको रुपमा रहेको सत्यवती गाउँपालिकाले भने नियमित रुपमा बिभिन्न शिर्षकहरुमा बजेट विनियोजन गर्दै आइरहेको छ।
१० दिने कार्यशलाको पहिलो दिन कार्यशालाको उद्घाटन र ऐतिहासिक स्थल हचिनकोटको पदयात्रा गर्ने कार्यक्रम रहेको पत्रकार तरामुले जानकारी दिनु भएको छ। यस्तै कार्तिक ६ गते सत्यवतीको पर्यटन प्रवद्र्धनका लागि सत्यवती क्षेत्रबाट सोही गाउँपालिकाको वडा नं. ८ भार्सेसम्मको एक दिने पदयात्रा र ल्हुम्पेक कला तथा साहित्य यात्राको नियमित श्रृंखला हुने कार्यतालिका समेत रहेको आयोजकले जनाएको छ।

उद्धेश्यका साथ संचालन हुने कार्यशालामा सहभागी कलाकार, संचारकर्मी, बिभिन्न संघसंस्थाका प्रतिनीधि तथा आन्तरिक पर्यटकहरुलाई स्थानीय कलाकाहरुद्वारा सोरठी, मारुनी तथा झ्याउरे र पञ्चेबाजा बजाएर स्वागत गरिने तयारी समेत अन्तिम चरणमा पुगेको वडा नं. ३ का वडा अध्यक्ष जित बहादुर तरामुले जानकारी दिनु भएको छ। उक्त सत्यवती क्षेत्रमा सत्यवती गाउँपालिकाको आर्थिक सहयोगमा होमस्टे निर्माण गर्ने कार्यको योजना पनि रहेको र प्रथम शहिद लखन थापा सहित विभिन्न ५ शहिदहरुको मुर्ति समेत स्थापना गरिने वडा अध्यक्ष तरामुले बताउनु भएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय