LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

डि यन के खनाल
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ४ फसिन्डाँडा निवासी ७९ वर्षिया धनकला पाण्डेको आगलागीमा परि क्षतिग्रस्त भएको घर पुनर्निर्माण भएको छ ।
केही महिना अगाडि आगलागी भई घर पूर्णरुपमा क्षति भएपछि सामाजिक अभियान्ताहरु नारायणप्रसाद खनाल, पशुपति पाण्डे,कमल पोख्रेल,रामु खनाल र अमित पाण्डेको सक्रियतामा पुनर्निर्माण भएको हो ।
सो क्रममा जम्मा ४ लाख सतासी हजार तिह्रतर रुपैया आर्थिक सहयोग संकलन भएकोमा ३ लाख तिरानब्बे हजार दुई सय चवालिस रुपैया घर बनाउन खर्च भएको थियो ।
७९ बर्षीया धनकला पाण्डेलाई घर पुनर्निर्माण गरेर बचेको तिरानब्बे हजार छ सय ७४ रुपैयाको चेक र नयाँ घर गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ,उपाध्यक्ष मनि पन्थी र वार्ड अध्यक्ष भिमलाल खनालको उपस्थितिमा हस्तान्तरण गरिएको छ।
उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ, उपाध्यक्ष मनि पन्थी, सामाजिक अभियन्ता पशुपति पाण्डे, स्वास्थ्यकर्मी रुपलाल पन्थीले यो अभियानको लागि सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रम वार्ड अध्यक्ष भिमलाल खनालको अध्यक्षता र संचालन सामाजिक अभियन्ता नारायणप्रसाद खनालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय