LIVE
बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना |

डि यन के खनाल
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ४ फसिन्डाँडा निवासी ७९ वर्षिया धनकला पाण्डेको आगलागीमा परि क्षतिग्रस्त भएको घर पुनर्निर्माण भएको छ ।
केही महिना अगाडि आगलागी भई घर पूर्णरुपमा क्षति भएपछि सामाजिक अभियान्ताहरु नारायणप्रसाद खनाल, पशुपति पाण्डे,कमल पोख्रेल,रामु खनाल र अमित पाण्डेको सक्रियतामा पुनर्निर्माण भएको हो ।
सो क्रममा जम्मा ४ लाख सतासी हजार तिह्रतर रुपैया आर्थिक सहयोग संकलन भएकोमा ३ लाख तिरानब्बे हजार दुई सय चवालिस रुपैया घर बनाउन खर्च भएको थियो ।
७९ बर्षीया धनकला पाण्डेलाई घर पुनर्निर्माण गरेर बचेको तिरानब्बे हजार छ सय ७४ रुपैयाको चेक र नयाँ घर गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ,उपाध्यक्ष मनि पन्थी र वार्ड अध्यक्ष भिमलाल खनालको उपस्थितिमा हस्तान्तरण गरिएको छ।
उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ, उपाध्यक्ष मनि पन्थी, सामाजिक अभियन्ता पशुपति पाण्डे, स्वास्थ्यकर्मी रुपलाल पन्थीले यो अभियानको लागि सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रम वार्ड अध्यक्ष भिमलाल खनालको अध्यक्षता र संचालन सामाजिक अभियन्ता नारायणप्रसाद खनालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय