LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

सैनामैना, कात्तिक १ गते । पश्चिम नेपालको प्रसिद्ध सराय नाच बिहीबारदेखि समापन गरिँदैछ । लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीका विभिन्न कोतघर र देवीका शक्तिपीठहरुमा हतियार जुधाएर नाच्ने सराय नाच पूर्णिमा मेला गरी समापन गर्न लागिएको हो ।

कोतघर र देवीका शक्तिपिठमा विशेष पूजाआजा गरी विधिवत् रूपमा सराय नाचको समापन गरिनेछ। जिल्लाका ऐतिहासिक कोतघर, दुर्गा र कालिका मन्दिरहरूमा दसैँसँगै सराय नाचको विशेष महत्त्व रहेको छ । दसैँको टीकाको भोलीपल्टदेखि पूर्णिमासम्म अर्घाखाँची,गुल्मी,पाल्पा लगायत लुम्बिनी प्रदेशको पहाडी जिल्लामा सराय नाच नाच्ने प्रचलन रहेको छ ।

हजारौँको उपस्थितिमा अर्घा भगवती मन्दिरमा पूर्णिमाको अन्तिम दिन बिहीबार हल्सउल्लासका साथ सराय नाच नाचिएको छ । खुँडा, भाला, तरबार, लगायत घरेलु हतियारको प्रयोग गरी युद्धको झल्को दिने गरी सराय नाच नाचिन्छ । राक्षससँगको लडाइँमा सत्यको विजयपछि सत्यका पुजारीले विजयोत्सव स्वरूप कोत र मन्दिरहरूमा हतियार प्रदर्शनसहित सराय नाच्न थालिएको जनविश्वास छ ।

बाइसे र चौबीसे राजा बस्ने समयदेखि दसैँको कोजाग्रत पूर्णिमाका दिन सराय नाच्दै दसैँलाई बिदा गर्ने परम्परा छ । अर्घाखाँचीका पूर्वी क्षेत्रका कोतहरू,अर्घा र भण्डारथुममा हुने सराय नाच यस क्षेत्रकै प्रख्यात सराय नाच हो । पूर्णिमाको दिन अर्घा र भण्डारथुममा सराय नाच्नेको ठुलो मेला नै लाग्ने गर्छन् ।

विजया दशमीको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका दिन अर्घामा सराय नाच गरी विजया दशमीलाई बिदाइ गर्ने प्रचलन रहेको छ । पूर्णिमा मेलामा अर्घामा, गुल्मी पाल्पा, प्युठान, कपिलवस्तु,रुपन्देही लगायतका जिल्ला तथा भारतबाट समेत एक लाख भन्दा बढी दर्शनार्थी उपस्थित हुने अर्घाभगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालको भनाइ छ ।

पश्चिम नेपालमै प्रख्यात रहेको सरायनाच र अर्घाको पूर्णिमा मेलाका बारेमा हिन्दु ग्रन्थ तथा विभिन्न पात्रोहरूमा समेत उल्लेख भएकाले पनि यसको महत्त्व बढी रहेको भुसालको भनाई रहेको छ ।

यस वर्ष पूर्णिमा तिथि दुई दिन परेकोले केही स्थानमा हिजो देखि सराय समाप्त भएको भए पनि अर्घामा भने आज सराय नाच गरी दशैको बिदाइ गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय