LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

बुटवल । रुपन्देहीमा श्रीमतिको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ९ का ५० वर्षीय दशरथ चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी सूचना अधिकारी लक्ष्मि खनालले बताइन् ।

चौधरीले मंगलबार आफ्नी कान्छि श्रीमति ४० वर्षीया सुनिता भट्टराई चौधरीको आफ्नै घरमा चक्कु प्रहार गरी हत्या गरेको सूचना अधिकारी खनालले बताइन् । चक्कु प्रहारबाट गम्भीर घाइते भएकी उनको देवदह मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । अभियुक्त चौधरीलाई प्रहरीले घटना लगतै पक्राउ गरेको थियो ।

अदालतबाट म्याद लिई घटना बारे अनुसन्धान भईरहेको सूचना अधिकारी खनालले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय