LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

सैनामैना – न्युजिल्यान्डसँगको पहिलो टेस्ट क्रिकेटको पहिलो पारीमा भारत ४६ रनमै अलआउट भएको छ ।

बेङ्गलुरुमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली भारत दोस्रो दिनको खाना समयपछि ४६ रनमा अलआउट भएको हो । भारतका ऋषभ पन्तले सबैभन्दा धेरै २० रन बनाए । यस्तै विराट कोहली, शरफराज खान, केएल राहुल, रविन्द्र जडेजा र रविचन्द्रन अश्विनले १ रन पनि जोड्न सकेनन् । न्युजिल्यान्डका म्याट हेनरीले ५ र विलियम ओरोर्कीले ४ विकेट लिए ।

४६ रन भारतमा कुनै पनि टोलीले टेस्ट क्रिकेटमा बनाएको सबैभन्दा कम स्कोर हो । यस्तै ४६ रन टेस्टमा भारतको तेस्रो सबैभन्दा कम स्कोर हो ।

वर्षाका कारण हिजो पहिलो दिनको खेल टस पनि नभई रद्द भएको थियो । भारत र न्युजिल्यान्डबीचको टेस्ट क्रिकेट शृङ्खलाको दोस्रो खेल आउँदो अक्टोबर २४ देखि पुनेमा र तेस्रो तथा अन्तिम खेल नोभेम्बर १ देखि मुम्बईमा शुरू हुनेछ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय