LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

लुम्बिनी,
भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा तीन महिने बर्षाबास तथा धार्मक अनुष्ठानको विहिबार समापन गरिएको छ । राजकीय बुद्ध विहारमा आयोजित कार्यक्रममा विहारका संरक्षक भिक्षु सागर धम्मले धर्मदेशना सहित बर्षाबासको समापन गरेका हुन् ।

बर्षातको तीन महिना प्रतिकुल मौसमका कारण धर्मयात्रा गर्न असहज हुने भएका कारण उपासक उपासिका सहित भिक्षुहरु सुरक्षित स्थानमा बसेर धार्मिक अनुष्ठानमा सरिक हुने प्रक्रियालाई बर्षाबास भनिन्छ । लुम्बिनीमा विगत ८ बर्षदेखि स्थानीय समुदायका तर्फबाट बर्षाबास तथा धार्मिक अनुष्ठान कार्यक्रमको संयोजक गठन गरी मनाउने गरिएको छ ।

बौद्ध महिला समितिको व्यवस्थापनमा भएको बर्षाबासमा अवधिभर दैनिक धर्मदेशना, पुजा लगायतका विभिन्न धार्मिक गतिविधिहरु सञ्चालन गरिएको थियो । राजकीय बुद्ध विहारका संरक्षक भिक्षु सागरधम्मले भगवान बुद्धले सबै प्राणी जगतको कल्याणका लागि प्रदान गरेको उपदेशलाई असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म ९० दिनसम्म बुद्धजन्मस्थल लुम्बिनीमा बर्षाबास तथा धार्मिक अनुष्ठान कार्यक्रमको माध्यमबाट उजागर गर्ने काम गरेको बताए ।

उनले आफूहरुले विगत ८ बर्षदेखि स्थानीयहरुलाई बुद्धको उपदेशसँग जोडेर बर्षाबास अवधिभर पञ्चशिल ग्रहण, बुद्धपूजा र धर्मदेशनामा सरिक गराएको बताए । भिक्षु धम्मले लुम्बिनी धार्मिक पर्यटकीय स्थल भएकाले यहाँ धार्मिक अनुष्ठानका कार्यक्रमहरु बढाउनुपर्नेमा जोड दिए ।

समापन कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, लुम्बिनी बौद्ध विश्व विद्यालयका उपप्राध्यापक भिक्षु सिरी वजिर, लुम्बिनी होटल संघ नेपालका बरिष्ठ उपाध्यक्ष लिलामणि शर्मा, संयोजक मिरा सापकोटा गौतम, सहसंयोजक सिर्जना पंगेनी लगायतले बोल्दै लुम्बिनीका स्थानीयलाई जोड्दै आध्यात्मिक केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
असार पूर्णिमादेखि शुरु भएको आठौं चरणको बर्षावासको चिवरदान कार्यक्रम भने कार्तिक ४ गते हुनेछ ।

राजकीय बुद्ध विहारमा हालसम्म ८ जना संयोजक भएर बर्षाबास तथा धर्मिक अनुष्ठान कार्यक्रम सम्पन्न गरिएको छ । जसको २०७४ मा टिका कटेल, २०७५ मा विष्णुकुमारी बस्याल, २०७६ मा राजकुमारी गुरुङ ९गुरुआमा०, २०७७ मा मञ्जु ढकाल, २०७८ मा राधिका न्यौपाने, २०७९ मा माया भुसाल, २०८० मा माया गुरुङ र २०८१ मा मिरा सापकोटा गौतमले संयोजकको भूमिका निर्वाह गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय