४ कार्तिक, कञ्चन
श्री मौलाकाली कृषि सहकारी संस्था लिमिटेड, कञ्चन ५ रुपन्देहीको ९ औं साधारण सभा सम्पन्न भएको छ। सभाले संस्थाको तर्फबाट संस्थाका अध्यक्ष रेखा पुनले प्रस्तुत गर्नु भएको बार्षिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको तर्फबाट समितिका सदस्य घनि कुमारी थापाले प्रस्तुत गर्नु भएको आन्तरिक लेखा परिक्षण प्रतिवेदन अनुमोदन गरेको छ।
सभाको उद्घाटन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले हरेक वित्तिय संघ संस्थाहरु वित्तिय र सुशासनमा सदैव अव्वल हुनु पर्नेमा जोड दिनु भयो। शेयर सदस्यहरुको हितमा संचालन गरिने हरेक वित्तिय कृयाकलाप र सामाजिक उत्तरदायित्वका गतिविधिहरुले गैर शेयर सदस्यहरुलाई समेत सहकारीमा आवद्ध हुने हुटहुटी जगाउने खालको हुनु पर्ने अध्यक्ष ढकालले बताउनु भयो।
यस्तै उपाध्यक्ष मौसमी थापा मगरले कृषि सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुलाई व्यबसायिक कृषि तर्फ उन्मुख गराउन आवस्यक रहेको बताउनु भयो। रासायनिक मलमा भन्दा घरमै कम्पोस्ट मल उत्पादन गराउन प्रोत्साहित गर्दै हाम्रा खेतीयोग्य जमिनहरुलाई जैविकयुक्त बनाउन बिभिन्न तालिम संचालन गर्नु पर्ने उल्लेख गर्दै कृषिसंग सम्बन्धित कार्यक्रम संचालन गर्न पालिकाले पनि सहयोग गर्ने उपाध्यक्ष थापा मगरले बताउनु भयो।
कार्यक्रममा वडा नं। ५ का वडा अध्ययक्ष कुल प्रसाद पौडेलले सहकारीमा अवद्ध हरेक शेयर सदस्यहरुले म के का लागि सहकारीमा आवद्ध छु र मेरो जिम्मेवारी र कर्तब्य के हो भन्ने कुराको समेत ज्ञान हुन जरुरी रहेको बताउनु भयो। यसैगरी संघर्षशिल कृषि सहकारी संस्था लिमिटेड कञ्चन ५ का अध्यक्ष भानाुभक्त भण्डारीले कृषि सहकारी संस्थाहरुलाई बिषयगत रुपमा कार्यक्रम संचालन गर्न पुँजीकै कारण समस्या भएको उल्लेख गर्दै बचत तथा ऋण सहकारी संस्थाहरुमा जस्तो पुँजी संकलन गर्न सामान्य किसानहरुबाट समस्या हुने भएकोले थोरै पुँजीबाट सहकारीको उद्धेश्य र मर्म अुनसार कार्यक्रम संचालन गर्न समस्या रहेको बताउनु भयो।
कार्यक्रममा जेष्ठ शेयर सदस्य र असल ऋणी तथा बचतकर्ताहरुलाई समेत सम्मान गरिएको कार्यक्रममा शेयर सदस्यहरुको तर्फबाट श्री थापाले टिप्पणी गर्नु भएको थियो। सभामा उक्त सहकारी संस्थाका संस्थापक अध्यक्ष कृष्ण बहादुर रानालाई समेत सम्मान गरिएको थियो।
संस्थाका अध्यक्ष रेखा पुनको अध्यक्षतामा भएको कार्यक्रममा शेयर सदस्य कमल परियारले संचालन गर्नु भएको थियो। कार्यक्रम कञ्चन ५ पिपरीचापा स्थित प्रगतििशल आमा समूहको भवनमा सम्पन्न भएको थियो।







