LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

काठमाडौँ, कात्तिक ४ गते । अमेरिकाविरुद्ध टी–२० सिरिज नेपालले जितेको छ । अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा आइतबार बिहान भएको दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले तीन खेलको सिरिज एक खेल अगावै जितेको हो ।

जितसँगै सिरिजमा नेपालले २(० को अग्रता लिएको छ । सिरिजको तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ । यसअघि नेपालले सिरिजको पहिलो खेलमा अमेरिकालाई १७ रनले हराएको थियो ।

रोमाञ्चक खेलको निर्धारित २० ओभरमा दुबै टोलीले एक ७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पहिला ब्याटिङ गरेको अमेरिकाले नेपाललाई जितका लागि तीन रनको लक्ष्य दिएको थियो ।

सोमपाल कामी चम्किएपछि नेपालले सहज लक्ष्य पाएको थियो । सोमपालले तेस्रो बलमै सायन जहान्गिरको विकेट लिँदै अमेरिकालाई दबाबमा राख्नुभयो ।

चौथो बलमा उहाँलले आरोन जोनेसको विकेट लिएपछि नेपालले जितका लागि तीन रनको सहज लक्ष्य पाएको थियो । जसमा कप्तान रोहित पौडेलले दुई र कुशल भुर्तेलले एक रन जोड्दै नेपाललाई जिताउनुभयो ।

यसअघि जितका लागि एक सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ७० रन जोड्दै बराबरी गरेपछि खेल सुपर ओभरमा पुगेको थियो ।

अमेरिकाका लागि एन्ड्रियस गोसले अविजित ६२ रन बनाउनुभयो । उहाँले ४३ बलमा तीन चौका र चार छक्काको सहयागमा उक्त रन बनाउनुभएको हो ।

सईतेजा मुक्कामल्लाले ४७, मिलिन्ड कुमारले १५ र सायन जहानगिरले १४ रन बनाउनुभयो । बलिङमा नेपालका करण केसीले तीन विकेट लिनुभयो । यस्तै सोमपाल कामीले दुई तथा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ७० रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले ५४ बलमा अविजित रहँदै सर्वाधिक ९२ रन बनाउनुभयो । उहाँले सात चौका र ६ छक्का हान्नुभएको थियो ।

यस्तै ओपनर अनिलकुमार शाह ३१ बलमा २५ रन बनाउनुभयो । गुलशन झाले १२ बलमा १९ र कप्तान रोहित पौडेलले १४ बलमा १८ रन बनाउनुभयो ।

बलिङमा अमेरिकाका नोस्तुश केन्जिके र जसदीप सिंहले दुई दुई विकेट लिनुभयो । सौरभ नेत्राभाल्करले एक विकेट झार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय