LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कात्तिक ४,
सैनामैना– भारतसँगको पहिलो टेस्ट क्रिकेट न्युजिल्यान्डले ८ विकेटले जितेको छ ।

भारतले दिएको १ सय ७ रनको लक्ष्य न्युजिल्यान्डले खेलको पाँचौं दिनको खानाअघिको समयमा २ विकेट गुमाएर भेटायो । न्युजिल्यान्डका विल योङ्गले ४८ र रचिन रविन्द्रले ३९ रन बनाए । भारतका जसप्रीत बुमराहले २ विकेट लिए ।

भारतले दोस्रो पारीमा शरफराज खानको शतक तथा कप्तान रोहित शर्मा, विराट कोहली र ऋषभ पन्तको अर्धशतकमा ४ सय ६२ रन बनाएको थियो । न्युजिल्यान्डका म्याट हेनरी र विलियम ओरर्केले समान ३ विकेट लिए ।

यसअघि बेङ्गलुरुमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली भारत पहिलो पारीमा ४६ रनमै अलआउट भएको थियो । न्युजिल्यान्डका म्याट हेनरीले ५ र विलियम ओरर्केले ४ विकेट लिए ।

न्युजिल्यान्डले पहिलो पारीमा रचिन रविन्द्रको शतक तथा डेभन कन्वे र टिम साउथीको अर्धशतकको मद्दतमा ४ सय २ रन बनाएको थियो । भारतका कुलदीप यादव र रविन्द्र जडेजाले समान ३ विकेट लिए ।

यो जीतसँगै न्युजिल्यान्डले तीन खेलको शृङ्खलामा अग्रता लिएको छ । न्युजिल्यान्डले सन् १९८८ पछि पहिलो पटक भारतमा टेस्ट जितेको हो । भारत र न्युजिल्यान्डबीचको दोस्रो टेस्ट आउँदो बिहीवारदेखि पुनेमा र तेस्रो तथा अन्तिम टेस्ट नोभेम्बर १ देखि मुम्बईमा शुरू हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय