LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

कात्तिक ४,
सैनामैना– भारतसँगको पहिलो टेस्ट क्रिकेट न्युजिल्यान्डले ८ विकेटले जितेको छ ।

भारतले दिएको १ सय ७ रनको लक्ष्य न्युजिल्यान्डले खेलको पाँचौं दिनको खानाअघिको समयमा २ विकेट गुमाएर भेटायो । न्युजिल्यान्डका विल योङ्गले ४८ र रचिन रविन्द्रले ३९ रन बनाए । भारतका जसप्रीत बुमराहले २ विकेट लिए ।

भारतले दोस्रो पारीमा शरफराज खानको शतक तथा कप्तान रोहित शर्मा, विराट कोहली र ऋषभ पन्तको अर्धशतकमा ४ सय ६२ रन बनाएको थियो । न्युजिल्यान्डका म्याट हेनरी र विलियम ओरर्केले समान ३ विकेट लिए ।

यसअघि बेङ्गलुरुमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली भारत पहिलो पारीमा ४६ रनमै अलआउट भएको थियो । न्युजिल्यान्डका म्याट हेनरीले ५ र विलियम ओरर्केले ४ विकेट लिए ।

न्युजिल्यान्डले पहिलो पारीमा रचिन रविन्द्रको शतक तथा डेभन कन्वे र टिम साउथीको अर्धशतकको मद्दतमा ४ सय २ रन बनाएको थियो । भारतका कुलदीप यादव र रविन्द्र जडेजाले समान ३ विकेट लिए ।

यो जीतसँगै न्युजिल्यान्डले तीन खेलको शृङ्खलामा अग्रता लिएको छ । न्युजिल्यान्डले सन् १९८८ पछि पहिलो पटक भारतमा टेस्ट जितेको हो । भारत र न्युजिल्यान्डबीचको दोस्रो टेस्ट आउँदो बिहीवारदेखि पुनेमा र तेस्रो तथा अन्तिम टेस्ट नोभेम्बर १ देखि मुम्बईमा शुरू हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय