LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

सैनामैना, कार्तिक ४ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य भरतकुमार शाह विगत केही दिनयता स्थानीय रुपन्देही क्षेत्र नं. ५ का विभिन्न स्थानमा जनताका समस्या र पीरमर्का बुझ्दै भेटघाटमा व्यस्त हुनु भएको छ ।
प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएपनि शाहले जनताप्रतिको आफ्नो दायित्व र कर्तब्यबोध बिर्सिनुभएको छैन । अहिले जनप्रतिनिधि नभएपनि जनताको समस्या बुझ्ने, समस्या परे समाधानका लागि पहल गर्ने र जनताको आवश्यकता अनुसार विकासका लागि माथिल्लो निकायसम्म पहल गर्ने कामलाई अहिलेपनि कुनैपनि कमी हुन दिनुभएको छैन ।

 


आईतबारमात्रै शाहले सैनामैनाको वडा नंं ११ सहित अरु विभिन्न वडामा पुगेर कांग्रेसका स्थानीय कार्यकर्तासंगमात्र होइन गाउँका जनतासंग साक्षात्कार गर्नुभयो । सो क्रममा उहाँले स्थानीय जनताको समस्या बुझने, समाधानका लागि पहल गर्ने र माथिल्लो निकायमा जानुपर्ने भए काठमाण्डौं पुगेर समाधानको पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।

 


शाहलाई रुपन्देहीको क्षेत्र नं. ५ मा विकासको पर्यायवाचीको नामले समेत चिनिन्छ । उहाँको पालामा भएको बिकास निर्माणको कामको अहिलेपनि प्रशंसा हुने गरेको छ ।
प्रतिनिधि सभाको निर्वाचनमा अप्रत्यासित रुपमा पराजित भएपनि उहाँले विकासका कुरा लिएर गाउँघर गर्न छोडनुभएको छैन ।
स्थानीय रुपन्देही क्षेत्र नं. ५ का मतदाताले शाहको पालामा जस्तो विकास अरु कसैको पालामा हुन नसक्ने भन्दै शाहलाई फेरीपनि यो क्षेत्रको प्रतिनिधिको रुपमा देख्न चाहेको प्रतिकृया दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय