LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बिहान मुगुको रारा पुगेका छन् । रारा घुमेपछि उनी आज जुम्लाको आम सभालाई सम्बोधन गरी काठमाडौं फर्किने छन् ।

आज बिहान छोरी गंगा दाहाल र सुरक्षा गार्डसहित प्रचण्ड काठमाडौंबाट नेपालगञ्ज हुँदै हेलिकप्टरबाट रारा पुगेका हुन् ।

रारा ताल अवलोकन बाहेक त्यहाँ प्रचण्डको अन्य कार्यक्रम नरहेको प्रमुख मुगुका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए । ‘उहाँ रारा आइपुगेको जानकारी पाएका छौं,’ प्रजिअ पाण्डेले भने, ‘यहाँ ताल क्षेत्र अवलोकनबाहेक उहाँको अरु कार्यक्रम छैन ।’

रारा ताल क्षेत्रमा केही समय बिताएर उनी आजै जुम्लाको कनकासुन्दरी गाउँपालिका पुग्ने छन् । उनले त्यहाँ पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले प्रचण्ड गोठीचौरमा पार्टीको कार्यक्रममा मात्र सहभागी हुने जानकारी पाएको बताए । ‘पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्नेबाहेक अन्य कार्यक्रम नरहेको जानकारी छ,’ प्रमुख जिल्ला अधिकारी शाहीले भने, ‘उहाँ करिब दुई बजेपछि जुम्लाबाट फर्किनुहुनेछ ।’

पूर्वप्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्किने र विपक्षी दलहरुको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन जाने उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय