LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपालगन्ज, कात्तिक ५ गते । नेकपा माओवादी केन्द्र का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय छानविन समितिले दिएको प्रतिवेदनअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवी लामिछानेलाई पक्राउ गरी अनुसन्धान गरिनु स्वभाविक भएको बताउनुभएको छ ।

सोमवार विहान नेपालगन्ज विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रतिवेदनले सिफारिस गरेका अन्य दोसी भनिएकाहरुलाई पनि छानविनका लागि सरकारले पक्राउ गर्नुपर्ने उहाँको भनाइ छ ।

वर्तमान अवस्थामा देखिएका बिभिन्न बिषयलाई समेटेर माओवादी केन्द्र लगायतका प्रतिपक्षि दलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । सोमबार बेलुका प्रतिपक्षी दलले विभिन्न माग राखी प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने उहाँले स्पष्ट पार्नुभयो ।

लामिछानेको बारेमा अदालतले निर्णय गर्ने र लामिछाने स्वयंले अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएकाले यसलाई सहज रुपमा लिनुपर्ने प्रचण्डले बताउनुभयो ।

यसअघि कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्ल, पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदी, माओवादी केन्द्र स्थायी समिति सदस्य तथा पूर्वमन्त्री महेश्वर गहतराज, लुम्बिनी प्रदेशका पूर्वमन्त्री नमुना केसी, माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे र नविन शर्मा लगायतका नेताहरुले नेपालगन्ज विमानस्थलमा पूर्व प्रधानमन्त्री प्रचण्डको स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय