LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

५ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने पक्राउको विरोधमा सोमबार तेस्रो दिन पनि पोखरामा विरोध प्रदर्शन गरेको छ । अपरान्ह १२ बजेदेखि पृथ्वीचोकमा भेला भएका रास्वपाका नेता भएका छन् ।

शनिबार चिप्लेढुङ्गामा विरोध सभा गरेको रास्वपाले आइतबार शहीदचोकमा कार्यकर्ता उतारेको थियो । सोमबार प्रदर्शनस्थल परिवर्तन गरेर पृथ्वीचोकमा सारिएको हो । विरोध प्रदर्शन शान्तिपूर्ण हुने रास्वपाका नेताहरुले जानकारी गराएका छन् ।

तेस्रोदिन विरोध प्रदर्शनमा भेला भएका नेता कार्यकर्ताले देशभक्तिपूर्ण गीत बजाउँदै नाचगान गरिररहेका छन् । कार्यकर्ताले वर्तमान सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । ‘सरकार तिम्रो पाराले, दुःख पाए साराले’, सहकारी पीडितलाई न्याय दे, सरकारले न्यायमाथि गर्‍यो घात, पोखरेली जनताले दिन्छन् साथ’ लगायतका नारा लगायतका छन् ।

अदालतले रास्वपा सभापति रवि लामिछानेलाई बुधबारसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । बुधबारसम्म नियमित विरोध प्रदर्शन जारी राख्ने नीति विभागका सचिव कमल सुवेदीले जानकारी गराए ।

 

सुवेदीका अनुसार पार्टी नेताहरु बुधबारसम्म पोखरामा रहने छन् । बुधबार अदालतको आदेशपछि मात्रै पार्टीले थप धारणा बनाउने उनले बताए । सुवेदीले अनलाइनखबरसँग भने, ‘अहिले विरोध पोखरा केन्द्रीत छ । त्यो बेलासम्म नेताहरु पोखरामा रहनुहुन्छ ।’

शुक्रबार प्रहरीले सभापति लामिछाने पक्राउ गरेपछि सिंगो पार्टी पोखरामा केन्द्रीत भएको छ । अधिकांश नेताहरु पोखरा पुगेका छन् । पूर्वघोषित कार्यक्रमहरु रोकिएको छ । १ कात्तिकबाट सुरु गरिएको जिल्ला भेलारसम्मेलन पनि स्थगित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय