LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

बुटवल । रुपन्देही व्यापार संघको २५ औं बार्षिकोत्सव कार्यक्रमको मुल समारोहको उद्घाटन सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । संघले स्थापनाको २५ वर्ष पुरा गरेको अवसरमा कार्तिक २८ गते आयोजना गर्ने मुल समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रुपमा आउने तय भएको संघ अध्यक्ष दिपक प्रसाद अधिकारीले बताए ।

अध्यक्ष अधिकारीको नेतृत्वमा काठमाडौं गएको टोलीले प्रधानमन्त्रीलाई भेटगरि कार्यक्रममा प्रमुख आतिथिका रुपमा सहभागि हुन गरेको आग्रहलाई प्रधानमन्त्रीले स्वीकार गरि कार्यक्रममा उपश्थित हुने जनाएका हुन् त्यसैगरि कार्यक्रममा सहभागीताका लागि उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई भेट गरि निमन्त्राणा गरिएको छ । अर्थमन्त्रीले पनि कार्यक्रममा सहभागी हुने जनाउनु भएको अध्यक्ष अधिकारीले बताए ।

जिल्ला भित्र छरिएर रहेका व्यवसायहरुलाई संगठित गर्दै संघले आफ्ना नियमित कार्यक्रमहरु तथा निरन्तर व्यवसायिक गतिविधिहरु गर्दै आएको बताउदै संघले स्थापनाको २५ वर्ष पुरा गरेको अवसरमा साप्ताहिक रुपमा रजत महोत्सव मनाउने तयारी गरेको जनाकारी गराए ।

उक्त अवसरमा अध्यक्ष अधिकारीले व्यापार संघको बारेमा एवं व्यापार व्यवसायमा देखिएका समस्या र नीजि क्षेत्रले सामना गर्नु परेका असहज अस्वाथका बारेमा जानकारी गराउर्दै यसमा राज्यले सुधारका लागि चाल्नु पर्ने कदमका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय