LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

सैनामैना नगरपालिका वडा नं. १ चारपालामा रहेको सामुदायिक योग तथा प्राकृतिक चिकित्सा केन्द्रले अव नयाँ स्वरुप पाउने भएको छ । सैनामैना नगरपालिकाका पूर्व नगर प्रमुख चित्रवहादुर कार्कीको नेतृत्वमा नयाँ समिति नेतृत्वमा आएपछि प्राकृतिक चिकित्सा केन्द्र यस क्षेत्रमा रहेका दिर्घ रोगी लगायत विरामीहरुको लागि आशाको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

करिव दुई साताअघि सैनामैना नगरपालिका १ चारपालास्थित सामुदायिक योग तथा प्राकृतिक चिकित्सा केन्द्र सैनामैनामा सैनामैना नगरपालिकाका पूर्व नगर प्रमुख चित्रवहादुर कार्कीको नेतृत्वमा नयाँ समिति वनेको हो । नयाँ समिति नेतृत्वमा आएपछि प्राकृतिक चिकित्सा केन्द्रको विकासले नयाँ गति लिने आशा गरिएको हो ।

त्यसो त प्राकृतिक चिकित्सा केन्द्रमा नयाँ नेतृत्व आएपछि सुधारको काम सुरु भैसकेको छ । अहिले चिकित्सा केन्द्रले हुर्काउँदै आएको ड्रागन खेतीसहित चिकित्सा केन्द्र वरिपरीको क्षेत्रको सरसफाई गर्ने काम भैरहेको छ । नयाँ समितिमा आएका संचालक समिति सदस्यहरुले समेत पूर्व नगर प्रमुख चित्रबहादुर कार्कीले प्राकृतिक चिकित्सा केन्द्रको नेतृत्व गरेपछि ठूलो परिवर्तन आउने अपेक्षा गरेका छन । कार्की नेतृत्वको समितिमा आफूहरु समेत बस्न पाउनु शौभाग्यकै कुरा भएको बताउँदै नयाँ समितिले प्राकृतिक चिकित्सा केन्द्रको विकास गरेर छाड्ने प्रतिवद्धता जनाउँछन ।

अहिले प्राकृतिक चिकित्सा केन्द्र परिसरमा रहेको ड्रागन फ्रुटको संरक्षणका साथै गोडमेल गर्ने काम सुरु भैसकेको छ भने यसमा अध्यक्ष सहितको संचालक समितिका सदस्यहरुले मेहनतका साथ काम गरिरहेका छन् । संचालक समितिका सदस्यहरुले प्राकृतिक चिकित्सा केन्द्रको नेतृत्व कार्कीले गरेकोमा नयाँ उर्जा प्राप्त भएको बताएका छन । यो प्राकृतिक चिकित्सा केन्द्रलाई पूर्वी नवपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सा केन्द्र जस्तै बनाउने सपना नयाँ समितिका सदस्यहरुको छ । समितिको जग्गालाई व्यवस्थापन गर्ने हो र उपचार सेवालाई प्रभावकारी बनाउने लैजाने अभियानले अव गति पाउने विश्वास गरिएको छ ।

त्यसो त प्राकृतिक चिकित्सा केन्द्र राम्रोसंग संचालनमा ल्याउनका लागि धेरै चुनौति छन । उपचारका लागि आवश्यक अरु धेरै कोठा बनाउनु पर्ने छ भने त्यसका लागि बजेट जुटाउने चुनौति पनि छ । तर, पूर्व भारतीय सैनिक श्यामबहादुर थापा चित्रबहादुर कार्की नेतृत्वको यो समितिले बजेट जुटाउने र प्राकृतिक चिकित्सा केन्द्रलाई राम्रो बनाउन सफल हुने विश्वास गर्नुहुन्छ । भारतले ४ करोडको लगानीमा योगा हल बनाईदिने भएको छ भने एउटा एम्बुलेन्स समेत प्रदान गर्ने आश्वासन दिएको छ । कार्की नेतृत्वको नयाँ कार्यसमितिबाट आफूहरु समेत उत्साहित भएकोले आफूहरुले समेत बजेटका लागि पहल गर्ने प्रतिवद्धता थापाको छ ।

उता प्राकृतिक चिकित्सा केन्द्रको नेतृत्व लिएर मुहार फेर्ने सपना बुन्नुभएका सैनामैना नगरपालिकाका पूर्व नगर प्रमुख चित्रबहादुर कार्कीले पनि यस क्षेत्रका जनताको पसिनाले बनेको प्राकृतिक चिकित्सा केन्द्रको विकास गर्न चुनौतिको पहाड फुटाउनु सरह भएपनि नयाँ नेतृत्वले आम जनताको आशा र विश्वास अनुसार नै अघि बढ्ने प्रतिवद्धता जनाउनु भएको छ । सवैको सहयोग र प्रतिवद्धता भए प्राकृतिक चिकित्सा केन्द्रलाई यो क्षेत्रकै राम्रो चिकित्सा केन्द्रको रुपमा स्थापित गर्न सकिने विश्वास गरिएको छ ।

समुदायद्वारा संचालित समुदायकै लागि भन्ने नाराका साथ २०६८ सालमा स्थापना भएको प्राकृतिक चिकित्सा केन्द्रमा माटोबाट गरिने उपचार, जल चिकित्सा, अकुपञ्चर, अकुप्रेसर, आन्द्रा सफा गर्ने प्रविधि एनिमा, बैज्ञानिक योग प्राणायाम, ध्यान एवं यौगिक क्रिया, जोर्नी तथा नशा बाथ सम्बन्धि समस्या, ग्यास्टिक, कब्जियत, पाईल्स, अल्सर, थाईराईड, मोटोपना, महिनावारी समस्या लगायतका उपचार सेवा उपलब्ध रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय