LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |
अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिंकेनले नेपालका सामाजिक अभियन्ता उर्मिला चौधरीलाई सोमबार वाशिङ्गटन डिसीस्थित स्टेट डिपार्टमेन्टमा ग्लोवल एन्टि रेसिजम च्याम्पियनशीप अवार्डबाट सम्मानित गर्दै । छ वर्षको उमेरमा कमलरीको रुपमा मालिकको घरमा पुग्नु भएकी चौधरी १७ वर्षको उमेरमा पढाई सुरु गर्दै अहिले मानव अधिकारको क्षेत्रमा क्रियाशिल हुनुहन्छ । तस्बिर ः मधुकर अधिकारी, रासस

अमेरिका – नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरी ुग्लोबल एन्टी रेसिजम च्याम्पेनशिपु अवार्डबाट अमेरिकामा सम्मानित हुनुभएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चौधरीसहित ६ वटा देशका सामाजिक अभियन्तालाई अवार्ड प्रदान गर्नुभएको हो ।

स्टेट डिपार्टमेन्टले सार्वजिनक गरेको विवरणमा चौधरी ६ वर्षको उमेरमा कमलरीको रूपमा मालिकको घरमा पुग्नुभएको थियो । उहाँलाई १७ वर्षको उमेरमा उद्धार गरेर पठनपाठनमा सहभागी गराइएको थियो । अहिले कानून पढेर अभियानमा लाग्ने प्रण गर्दै आउनुभएकी चौधरीले महिला सशक्तीकरणका लागि विभिन्न ३० वटा सहकारी समूहमार्फत काम गर्दै आउनुभएको छ ।

चौधरीलाई यो अवार्ड नेपालका पिछडिएका अल्पसङ्ख्यक समुदायका लागि विभेद र शोषणका लागि काम गर्दै आउनुभएकी सशक्त अभियन्ता तथा मानव अधिकारको रक्षाका लागि अतिरिक्त साहस, नेतृत्वदायी भूमिका, मजबुत र प्रतिबद्धताका लागि प्रदान गरिएको स्टेट डिपार्टमेन्टले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय