LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |
अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिंकेनले नेपालका सामाजिक अभियन्ता उर्मिला चौधरीलाई सोमबार वाशिङ्गटन डिसीस्थित स्टेट डिपार्टमेन्टमा ग्लोवल एन्टि रेसिजम च्याम्पियनशीप अवार्डबाट सम्मानित गर्दै । छ वर्षको उमेरमा कमलरीको रुपमा मालिकको घरमा पुग्नु भएकी चौधरी १७ वर्षको उमेरमा पढाई सुरु गर्दै अहिले मानव अधिकारको क्षेत्रमा क्रियाशिल हुनुहन्छ । तस्बिर ः मधुकर अधिकारी, रासस

अमेरिका – नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरी ुग्लोबल एन्टी रेसिजम च्याम्पेनशिपु अवार्डबाट अमेरिकामा सम्मानित हुनुभएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चौधरीसहित ६ वटा देशका सामाजिक अभियन्तालाई अवार्ड प्रदान गर्नुभएको हो ।

स्टेट डिपार्टमेन्टले सार्वजिनक गरेको विवरणमा चौधरी ६ वर्षको उमेरमा कमलरीको रूपमा मालिकको घरमा पुग्नुभएको थियो । उहाँलाई १७ वर्षको उमेरमा उद्धार गरेर पठनपाठनमा सहभागी गराइएको थियो । अहिले कानून पढेर अभियानमा लाग्ने प्रण गर्दै आउनुभएकी चौधरीले महिला सशक्तीकरणका लागि विभिन्न ३० वटा सहकारी समूहमार्फत काम गर्दै आउनुभएको छ ।

चौधरीलाई यो अवार्ड नेपालका पिछडिएका अल्पसङ्ख्यक समुदायका लागि विभेद र शोषणका लागि काम गर्दै आउनुभएकी सशक्त अभियन्ता तथा मानव अधिकारको रक्षाका लागि अतिरिक्त साहस, नेतृत्वदायी भूमिका, मजबुत र प्रतिबद्धताका लागि प्रदान गरिएको स्टेट डिपार्टमेन्टले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय