LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

काठमाडौँ, कात्तिक ७ । नेपाल एकदिवसीय अभ्यास खेलमा अमेरिका ‘ए’ सँग पराजित भएको छ ।

टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा बुधबार बिहान भएको खेलमा नेपाल अमेरिका ‘ए’ सँग चार विकेटले पराजित भएको हो । जितका लागि नेपालले दिएको ८१ रनको लक्ष्य अमेरिकाले २३।१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो ।

अमेरिकाका लागि नितिस रेड्डीले २९, राहुल जरिवालले २६ र सञ्जय कृष्णमुर्तीले १० रन बनाउनुभयो। बलिङमा नेपालका सन्दीप लामिछानेले चार तथा करण केसी र ललितनारायण राजवंशीले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २५।३ ओभरमा सबै विकेटको क्षतिमा ८० रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले १८, देव खनालले १२ र भीम सार्कीले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङमा अमेरिकाका लागि आरिक नदकर्णीले चार, अयान देसाइले दुई तथा उत्कर्ष श्रीवस्ताव र अली शेखले एक एक विकेट लिनुभयो ।

आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीले सिरिजअघि अमेरिका ‘ए’ सँग अभ्यास खेल खेलेको हो । यसअघि नेपालले अमेरिकाविरुद्ध तीन खेलको टी(२० सिरिज ‘क्लिन स्विप’ गरेको थियो ।

लिग–२ को सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग, नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ ।

नेपाल यसअघि क्यानडामा भएको लिग–२ कै क्यानडा, नेपाल र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज खेलेर अमेरिका गएको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय