LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

काठमाडौँ, कात्तिक ७ । नेपाल एकदिवसीय अभ्यास खेलमा अमेरिका ‘ए’ सँग पराजित भएको छ ।

टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा बुधबार बिहान भएको खेलमा नेपाल अमेरिका ‘ए’ सँग चार विकेटले पराजित भएको हो । जितका लागि नेपालले दिएको ८१ रनको लक्ष्य अमेरिकाले २३।१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो ।

अमेरिकाका लागि नितिस रेड्डीले २९, राहुल जरिवालले २६ र सञ्जय कृष्णमुर्तीले १० रन बनाउनुभयो। बलिङमा नेपालका सन्दीप लामिछानेले चार तथा करण केसी र ललितनारायण राजवंशीले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २५।३ ओभरमा सबै विकेटको क्षतिमा ८० रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले १८, देव खनालले १२ र भीम सार्कीले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङमा अमेरिकाका लागि आरिक नदकर्णीले चार, अयान देसाइले दुई तथा उत्कर्ष श्रीवस्ताव र अली शेखले एक एक विकेट लिनुभयो ।

आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीले सिरिजअघि अमेरिका ‘ए’ सँग अभ्यास खेल खेलेको हो । यसअघि नेपालले अमेरिकाविरुद्ध तीन खेलको टी(२० सिरिज ‘क्लिन स्विप’ गरेको थियो ।

लिग–२ को सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग, नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ ।

नेपाल यसअघि क्यानडामा भएको लिग–२ कै क्यानडा, नेपाल र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज खेलेर अमेरिका गएको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय