LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

सिटीजन लाईफ इन्सुरेन्स कम्पनी मुर्गिया शाखाले इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियालाई बेरिकेट प्रदान गरेको छ ।

कम्पनीको सातौं स्थापना दिवसको अवसरमा प्रदान गरिएको बेरीकेट सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले इलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख प्रहरी निरिक्षक आदित्यराज बिष्टलाई बुधबार एक समारोहका बीच प्रदान गर्नुभएको हो ।


कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सिटिजन लाईफ इन्सुरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगत धेरै राम्रो काम गरेको बताउँदै आगामी दिनमा पनि यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

इलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख प्रहरी निरिक्षक आदित्यराज बिष्टले बेरिकेट राखेपछि यहाँ प्रहरी कार्यालय रहेछ, विस्तारै जानुपर्छ भन्ने बुझिने र त्यसबाट दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने बताउनु भयो । उहाँले बेरिकेटको लाईटले डेढ किलोमिटर अगाडीसम्म देखिने भएकोले यहाँ प्रहरी कार्यालय छ र त्यस क्षेत्रमा बिस्तारै गाडी चलाउनुपर्छ भन्ने सन्देश जाने भएकोले बेरिकेट ट्राफिक सुरक्षाको दृष्टिकोणले पनि महत्वपूर्ण रहेको बताउनुभयो ।

सिटीजन लाईफ इन्सुरेन्स कम्पनीका मुर्गिया शाखा प्रमुख पूर्णचन्द्र सुवेदीले अरु सहयोगका कार्यक्रम लामो समयसम्म नदेखिने तर बेरिकेट लामो समयसम्म सडकमा राखेर यस क्षेत्रको सुरक्षामा योगदान पुग्ने भएकोले कम्पनीको तर्फबाट इलाका प्रहरी कार्यालय रन्यौरालाई बेरिकेट हस्तान्तरण गरिएको बताउनुभयो ।

सिटीजन लाईफ इन्सुरेन्स कम्पनीका क्षेत्रीय प्रमुख दुर्गाराज ढकालको अध्यक्षता र स्वागतमा भएको बेरिकेट हस्तान्तरण कार्यक्रमको संचालन इन्सुरेन्स कम्पनीका मुर्गिया शाखा प्रमुख पूर्णचन्द्र सुवेदीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय