LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप बढेको छ । दशैँ÷तिहारको अवसरमा चाडपर्व मनाउनका गाउँघर आएकाहरूले त्यही मौका पारेर सरकारी कार्यालयबाट सेवा लिने भएकाले यति बेला जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेको हो ।

भीड बढेपछि व्यवस्थापन गर्न थप समस्या भएको सम्बन्धित निकायको भनाइ छ । प्रशासन कार्यालयमा सेवाग्राहीको भीड बढेसँगै राति अबेर ९ बजेसम्म सेवा प्रवाह गर्दै आएको गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभएको छ । प्रशासन कार्यालयले पछिल्लो दिनको टोकनसमेत अघिल्लो दिनमा नै वितरण गर्न थालेको छ ।

गाउँ–गाउँबाट गाडी भाडामा लिएर सेवा लिन आउने क्रम बढेपछि कार्यालयमा नागरिकता र राहदानी बनाउनका लागि दुई दिनसम्म पालो पर्खनुपर्ने बाध्यता छ ।

दैनिक सरदर ४० देखि ६० वटासम्म नागरिकता वितरण र राहदानीको फाराम भर्ने काम हुँदै आएको जिल्ला प्रशासन कार्यालयमा अहिले दैनिक तीन सय ५० भन्दा बढी नागरिकता बनाउने र राहदानीको फाराम भर्ने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय