LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

मुस्ताङमा यस वर्ष अहिलेसम्मकै धेरै स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङका किसानले ९२ करोड रुपैयाँभन्दा धेरै भित्र्याएका छन् ।

कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष झन्डै सात हजार तीन सय ३० मेट्रिक टन स्याउ उत्पादन भएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङका अनुसार प्रारम्भिक मूल्याङ्कन गर्दा यस वर्ष झन्डै ९३ करोड रुपैयाँको हाराहारीमा स्याउ निर्यात भएको छ तर पूरै तथ्याङ्क अझै आइसकेको छैन ।

यस वर्ष स्याउ फूल्ने र दाना लाग्ने समयमा अनुकूल मौसमका कारण उत्पादन वृद्धि भएको हो । विगतको तुलनामा यस वर्ष झन्डै ३५ प्रतिशतले स्याउको उत्पादन बढेको गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ । गएको वर्ष मुस्ताङमा ६ हजार पाँच सय ९६ मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय