LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

लुम्बिनी विकास कोषले छिमेकी राष्ट्र भुटानको गृह मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डलसँग बुधबार भेटघाट तथा कार्यालयमा स्वागत गरेको छ । कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्यले भुटानका गृहमन्त्रालयका सचिव सोनाम वाङगेल सहितको टोलीलाई कार्यालयमा स्वागत गरेका हुन् ।

कोषाध्यक्ष भट्टराईले स्वागत गर्दै छिमेकी देश भुटानसँग नेपालको बर्षोदेखिको पूरानो सम्बन्ध रहेको बताउँदै बुद्धजन्मस्थल लुम्बिनीमा भुटान सरकारसँग सहकार्यको वातावरण बनाउन आग्रह गरे । उक्त अवसरमा सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीमा भुटान सरकारले गुम्बा निर्माणका सन्दर्भमा सहकार्य गर्न चासो राखेकोमा खुशि व्यक्त गरे ।

भेटघाटमा भुटानका गृहसचिव सोनामले लुम्बिनीमा गुम्बा बनाउने सन्दर्भमा चासो राख्दै बुद्धजन्मस्थल लुम्बिनीको प्रवद्र्धनमा सहकार्य गर्न इच्छुक रहेको बताएका थिए । भेटघाटमा कोषका योजना प्रमुख स्मिता भट्ट, बरिष्ठ निर्देशक ज्ञानिन राई, बोर्ड सदस्य श्याम रोक्काको उपस्थिती थियो ।

गृहसचिवको प्रतिनिधिमण्डलले लुम्बिनी स्थित मायादेवी मन्दिर र कपिलबस्तुको तिलौराकोट दरबार क्षेत्रको समेत भ्रमण गरेको कोषका बरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए ।

प्रतिनिधिमण्डलले संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री, सचिव लगायतका अधिकारीहरुसँग पनि छलफल गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय