LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

लुम्बिनी प्रदेशका नवनियुक्त सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षा क्षेत्रलाई गुणस्तरिय बनाउनुनै आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ।

प्रदेश प्रमुखको कार्यालय ,बुटवलमा सपथ ग्रहण पछि सञ्चारकर्मीहरु संग कुरा गर्दै मन्त्री तिमिल्सिनाले शिक्षा क्षेत्रलाई सुधार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले शिक्षालाई कसरी गुणस्तरिय बनाउन सकिन्छ भनेर आफू लागि पर्ने समेत बताउनु भयो ।

उहाँले प्रदेश भित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने न्युन आर्थिक स्तरका बालवालिकाहरुलाई समेत सहज र गुणस्तर शिक्षा उपलब्ध गराउन लागि पर्ने बताउनु भयो ।

बर्दिया क्षेत्र नम्बर २ को क बाट नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएका तिमिल्सिना यस अघि लुम्बिनी प्रदेश , नेपाली कांग्रेस संसदीय दलमा प्रमुख सचेत्तकको भुमिकामा समेत हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय