LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

तम्घास, कात्तिक ९  । गुल्मीको रेसुङगा विमानस्थलबाट एक महिनापछि नियमित उडान सुरु भएको छ । मौसम खरावका कारण विगत एक महिनादेखि नियमित उडान हुन नसकेको विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताउनुभयो ।

हप्ताको दुई दिन बुधबार र शुक्रबार उडान हुने कार्यतालिका रहेपनि विगत एक महिनादेखी नियमित उडान हुन नसकेका थापाले बताउनुभयो । कात्तिक महिनाको सात गते बुधबार र ९ गते शुक्रबार नियमित उडान भएकाले मौसम सफा भएमा नियमित हप्ताको दुइ दिन उडान हुने उहाँको भनाइ छ ।

असोज महिनामा चार गते र २५ गतेमात्रै उडान भएको थियो । मौसम सफा नभएका कारण उडान भर्न नसकिएको थापाले बताउनुभयो । क्रमिक रुपमा मौसम सफा हुँदै गएकाले नियमित उडान हुने भन्दै यात्रुहरुलाई निरास नहुन उहाँले आग्रहसमेत गर्नुभएको छ ।

गत असार १४ गतेदेखि करिव दुई महिना रेसुङगा विमानस्थलबाट उडान ठप्प भएपनि भदौ ७ गतेबाट उडान नियमित भएको थियो । पहिले हप्ताको एक दिन शुक्रबार मात्रै उडान भर्दै आएको जहाजले यात्रुको अत्याधिक चाप बढेपछि साप्ताहिक तीन उडानको अनुमति पाएको थियो । वर्षायाम सुरु भएपछि पछिल्लो समय हप्ताको एक दिन शुक्रबार मात्रै उडान गर्ने गरी कार्यतालिका रहेको थापाले बताउनुभयो । पछिल्लो समयमा यात्रुहरुको चापलाई मध्यनजर गर्दै हप्ताको शुकबार र बुधबार दुई दिन उडान गर्ने कार्यतालिका रहेको थापाले बताउनुभयो ।

काठमाडौँबाट बिहान ६ बजेर ३० मिनेट र रेसुङगाबाट काठमाडौँका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने कार्यतालिका रहेको उहाँले बताउनुभयो । हवाई यात्रामा गुल्मी जोडिएसङगै फ्रान्स र स्पेनबाट पनि पर्यटकहरु घुम्नको लागि गुल्मी आएको रेसुङगा नगरपालिका गुल्मीले जनाएको छ।

हाल गुल्मीबाट काठमाडौँका लागि सात हजार तीन सय र काठमाडौँबाट गुल्मीका लागि सात हजार पाँच सय रुपियाँ भाडा कायम गरेको स्टेशन प्रमुख थापाले बताउनुभयो । जिल्ला सदरमुकाम तम्घासबाट करिव पाँच मिलोमिटर कच्चीबाटो पछि विमानस्थल पुग्न सकिन्छ । विमानस्थलबाट गतवर्षको वैशाख २९ गतेबाट व्यवसायिक उडान सुरु गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय